गणित शिक्षा परिषद धादिङको अधिवेशन भोली, विगतको गतिविधि समेत

Avatar photo
Dhadingpost
फाल्गुन २७, २०७८

धादिङ । धादिङमा रहेका गणित विषयका शिक्षकहरुको साझा संस्था गणित शिक्षा परिषदको जिल्ला अधिवेशन तथा साधारण सभा फागुन २८ गते (भोली) हुने भएको छ ।

गणित शिक्षालाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गर्दै आएको चलायमान यस परिषदको अभिवेशनमा जिल्लाभरका गणित शिक्षकहरुको उपस्थिति रहने सचिव उत्तम भट्टले धादिङपोष्टलाई बताए ।

धादिङमा सञ्चालन गणित शिक्षा परिषदले गरेका गतिविधिहरु
१. गणित शिक्षा परिषद राष्ट्रिय समितिले सञ्चालन गर्ने क्षमता अभिवृद्धिका तालिम, सेमिनार तथा गोष्ठीमा धादिङ जिल्लामा कार्यरत सम्पूर्ण गणित शिक्षक ज्यूहरुलाई सहभागी हुन प्रेरित पनि गर्ने र सहभागी हुने कार्य गरियो ।
२. कक्षा ९ र १० को अनिवार्य र अतिरिक्त गणितको परिवर्तित पाठ्यक्रमको विशिष्टिकरण तालिका र प्रश्न–पत्र निर्माण सम्बन्धी कार्यशाला २०७५ र २०७६ दुवै वर्षमा सञ्चालन गरियो । जसको सहजीकरण पाठ्यपुस्तक लेखक तथा सहजकर्ता डि.आर. सिम्खडा र श्यामदत्त अधिकारी ज्यूले गर्नुभएको थियो ।

३. माध्यमिक तह (कक्षा ९ र १०) अन्तर्गत जिल्ला स्तरीय गणित विषयको हाजिरीजवाफ प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन गर्दै आएको अवगत गराउँदछु । जसमा २०७५/०७६ को हाजिरीजवाफ प्रतियोगितामा केन्द्रीय महासचिव रमेशप्रसाद अवस्थी, केन्द्रीय सदस्य ध्रुव अधिकारी साथै प्रदेश सचिव रामहरि श्रेष्ठ, प्रदेश सदस्य हरि बहादुर सिलवालको साथै शिक्षा समन्वयका इकाई प्रमुख अम्बिका प्रसाद आचार्य, नीलकण्ठ नगर प्रमुख भीम प्रसाद ढुंगानाज्यूको आतिथ्यतामा सम्पन्न भएको थियो । हाजिरी जवाफ प्रतियोगितामा ५० भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । जसमा छनोट चरणबाट १५ टिमलाई वस्तुगत प्रश्नको माध्यमबाट छनोट गरी सञ्चालन गरिएको थियो ।

४. २०७६ मा नीलकण्ठ नगरपालिका धादिङको शिक्षा शाखासँग समन्वय गरी तहगत गणित शिक्षकको क्षमता अभिवृद्धि कार्यक्रम आर.सि. भवनमा तनहुँबाट आउनुभएका श्रीकान्त घिमिरेले सहजीकरण गर्नुभएको थियो ।
५. प्रत्येक वर्ष जस्तै ०७५/०७६ मा पनि लामो समय धादिङ जिल्लाको गणितको उन्नयनमा योगदान पु¥याउनु भएका सुरेन्द्रप्रसाद शाह र जिल्लाकै पहिलो प्रथम श्रेणीका गणित शिक्षक कृष्णप्रसाद दाहाल ज्यूलाई गणित शिक्षा परिषद धादिङको तर्फबाट सम्मानित गरियो ।
६. गणित शिक्षा परिषद राष्ट्रिय समितिका सदस्य ध्रुव अधिकारी, बागमती प्रदेशका प्रदेश सचिव रामहरि श्रेष्ठ, प्रदेश सदस्य हरि बहादुर सिलवाललाई गणित शिक्षा परिषद धादिङले शुभकामना तथा बधाइ साथै सम्मान गरियो ।

७. हालै धादिङ जिल्लाको संयोजकत्वमा भर्चुअल माध्यमबाट गणित विषयको शैक्षिक सामग्री निर्माण तथा जियो जेब्रा सम्बन्धी १५ दिने तालिम सम्पन्न भयो । जसमा देशैभरिबाट दैनिक ४५० भन्दा बढी गणित शिक्षक ज्यूहरुको सहभागिता रहेको थियो ।
८. २०७६।५।२८ मा क्रिक रिसोर्टमा सहजकर्ता विजेन्द्र विर कर्माचार्यबाट २ दिवसीय Geo-Gebra सम्बन्धी तालिम सञ्चालन गरियो ।
९. शिक्षक सेवा आयोगबाट सफलता प्राप्त गर्नुहुने शिक्षकहरुलाई सम्मान गरियो ।

यस अघि प्रकाशित गणित शिक्षा परिषद धादिङ सँग सम्बन्धित सामाग्रीहरु

गणित शिक्षा परिषदले धादिङले तय गरेका भावी कार्यक्रमहरु
१. प्रत्येक पालिकामा गणित शिक्षा परिषद् गठन गर्ने र जिल्ला तथा केन्द्रसँग समन्वय गरी स्थानीय स्तरमा कार्यक्रम गर्ने ।
२. कम्तिमा वर्षको एउटा गणित विषयसँग सम्बन्धित लेख, रचनाहरु समावेश भएको बुलेटिन प्रकाशन गर्ने ।
३. आधारभूत तहदेखि नै गणितमा सुधार गर्नको लागि पालिका स्तरमा २–३ दिने आधारभूत धारणा बसाउने तालिम सञ्चालन गर्ने ।
४. परिवर्तित पाठ्यक्रम अनुसार मूल्याङ्कन पद्धतिको बारेमा सुसूचित गराउन नमूना प्रश्न–पत्र निर्माण गरी गणित शिक्षकहरुलाई उपलब्ध गराउने ।

५. गणित शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने ।
६. विद्यालय स्तरीय शैक्षिक सामग्री निर्माण तथा हाजिरीजवाफ प्रतियोगिताहरु निरन्तर सञ्चालन गर्ने ।
७. गणित शिक्षकहरु बीच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने ।
८. गणित शिक्षकहरुको वर्षमा १ पटक कम्तिमा २ दिने शैक्षिक भ्रमण गर्ने । उक्त अवसरमा नयाँ ठाउँमा ४–५ घण्टा शैक्षिक सामग्री निर्माण वा अन्य शैक्षिक क्रियाकलापसँग सम्बन्धित कार्यशाला गर्ने ।