ग्रामिण यातायात सहकारीको महासचिव र कोषाध्यक्ष पदमा मतदान सुरु

Avatar photo
Dhadingpost
माघ १०, २०७७

धादिङ माघ १० । ग्रामिण यातायात सहकारी संस्था लिमिटेड धादिङको पौष २५ गते सम्पन्न १२ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेसले नयाँ कार्यसमितिको लागि तय गरेको मिति अनुरुप सहमति नभएको पदका लागि आज निर्वाचन भएको हो ।

५४३ जना सेयर सदस्य रहेको यस सहकारीको नयाँ कार्य समितिका लागि महासचिव र कोषाध्यक्ष पदका लागि सहमति जुट्न नसकेपछि महासचिव पदमा मंगबहादुर तामाङ र बद्री सुवेदी, कोषाध्यक्ष पदका लागि राजेश अधिकारी र प्रमोद पोखरेल बीच प्रतिपर्धा भएको हो ।

नेपाल बन्दका कारण मतदाताहरु उपस्थितिमा कम देखिए पछि निर्वाचन समितिले ३ बजे देखि साँझ ५ बजे सम्म मतदान गर्न पाउने समय राखेर मतदान सुरु गराएको हो ।

निर्विरोध निर्वाचित भएका पदहरु

  • अध्यक्षः राम घले
  • उपाध्यक्षः इश्वर धरेल
  • सचिवः सम्झना लामीछाने

सदस्यहरुः

  • भेषराज रिजाल
  • कृष्णराम पाठक
  • अमृतजंग भण्डारी
  • वीरेन्द्र कोईराला
  • बिनोद बाबु रिमाल

यो पनि पढौं