धादिङ पुस २५ । नेपाल कै पहिलो यातायात सहकारी ग्रामिण यातायात सहकारीको पाँचौ अधिबेशन आज सुरु हुँदैछ । धादिङमा यो सहकारी ०६५ सालमा यातायातको सिन्डिकेटको विरुद्ध तात्कालिन माओवादी सुभचिन्तकमहरुले आन्दोलन गर्दै संचालनमा ल्याएका थिए ।
यस अधिवेशनमा अध्यक्ष पद पुर्व अध्यक्ष राम घले र बद्री सुवेदीले दावी गरेका छन् । शालिन र भद्र राम घले व्यवसायी र शेयर सदस्यहरु बीच राम्रो सम्बन्ध राख्ने र एक कार्यकाल अध्यक्ष भैसकेको अनुभवी हुन् । उनलाई आन्तरिक रुपमा पुष्पविक्रम मल्ल, विष्णु पुकार श्रेष्ठ र निवर्तमान हुन लागेका अध्यक्ष हरि श्रेष्ठ समेतले अध्यक्ष बन्न साथ दिएका छन् । म पार्टीको पनि सिपाही भएकोले पार्टीले सर्व सहमतिमा मलाई अध्यक्ष बनाउने घलेको दावी छ ।
यस्तै बद्री सुवेदी तात्कालिन माओवादी केन्द्र धादिङ निकट मजदुर संगठनको नेतृत्व गरि सकेका छन् तर यस सहकारीको अध्यक्षका लागि पहिलो दावी गरेका हुन् उनलाई नेकपा धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले साथ दिएका छन् । सुवेदीले धादिङपोष्ट सँग भने सहमती मै अध्यक्ष बन्दै छु ।
नेकपा स्रोत भन्छ, अहिले नेताहरुले कस्लाई अध्यक्ष बनाउने भनेर बोल्नु भएको छैन बजारमा सुनिएको कुरा हल्ला हो, कस्लाई अध्यक्ष बनाउने कुरा सहकारीको विधानले भने बमोजिम हुन्छ पार्टीले हस्तक्षप गर्दैन ।