
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ समाज रोमानियाको संयोजकमा सुशील पाण्डेलाई नियुक्त गरेको छ ।
समाजको कार्यसमितिको निर्णयअनुसार पाण्डेलाई रोमानियामा रहेका धादिङवासी नेपालीहरूबीच एकता, सहकार्य र समन्वय कायम गर्ने तथा समाजका उद्देश्य र कार्यक्रमलाई अगाडि बढाउने जिम्मेवारी दिइएको हो ।
रोमानियामा बसोबास गर्ने धादिङवासी नेपालीहरूलाई संगठित गर्दै उनीहरूबीच आपसी सहयोग र सहकार्य विस्तार गर्न पाण्डेको भूमिका महत्वपूर्ण हुने समाजले जनाएको छ ।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीले जारी गरेको नियुक्तिपत्रमार्फत पाण्डेलाई सफल कार्यकालको शुभकामना दिइएको छ । साथै, आगामी दिनमा समाजसँग निरन्तर समन्वय र सहकार्य रहने विश्वास व्यक्त गरिएको छ ।
