
धादिङ मंसिर २४ । धादिङको बेनीघाट रोराङ गाउँपलिका स्थित गोइराङ आधारभुत विद्यालयमा भएको निबन्ध प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत छात्रा बेलुमायाँ गुरुङ प्रथम भएकी छिन् ।
लैगिङ्क हिंसा न्यूनिकरण गर्न विद्यार्थीको भूमिका विषायक निबन्ध लेखन विद्यालय स्तरीय प्रतियोगितामा बेलुमायाँ गुरुङ प्रथम, कक्षा ६ मा अध्ययनरत छात्रा मनकुमारी चेपाङ, द्वितिय, कक्षा ७ मा अध्ययनत केशकुमाी मगर तृतिय र सान्तोनामा कक्षा ८ मा अध्ययनरत द्वय खड्क भारती र सुनिता चेपाङ भएका थिए ।
पुरस्कृत विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रम गरी पुरस्कार वितरण गरिएको थियो । उक्त पुरस्कार वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वकिल बहादुर रानामगर, शिक्षक अभिभाव संघका अध्यक्ष मणिराज गुरुङ लगायतको आतिथ्यता रहेको विद्यालयका प्रअसत्यानारायण मिश्रले धादिङपोष्टलाई बताउनु भयो ।
