काँग्रेसले धादिङबेसीमा मंसिर २९ गते सरकार विरुद्ध प्रदर्शन गर्ने

Avatar photo
Dhadingpost
मंसिर २४, २०७७

धादिङ मंसिर २९ । नेपाली काँग्रेस धादिङले मंसिर २९ गते धादिङबेसी सदरमुकामका सरकार विरुद्ध प्रदर्शन गर्न लागेको छ ।

सरकारको सर्वसत्तावादी प्रवृत्ति तथा शृङ्खलाबद्ध भ्रष्टाचारका विरुद्ध जन आवाज बुलन्द गरौं, भन्ने मुल नाराको साथ वर्तमान कम्युनिष्ट सरकारको विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति को विरुद्ध प्रदर्शन हुने नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले बताउनु भयो ।


सभापति धमलाका अनुसार तथा कोभिड -१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता, अकर्मण्यता तथा व्यापक भ्रष्टाचार, बेथिति र दमनकारी व्यवहारका विरुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले उत्तल दिन देशभर प्रदर्शन गर्ने छ ।

धमलाले उक्त प्रदर्शनमा भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ता साथीहरू, बुद्धिजीवी, संचारकर्मी, किसान, मजदुर, पेशाकर्मी, उद्योगी, व्यवसायी, युवा, विद्यार्थी सबैलाई सहभागिताका लागि ने अपिल समेत गर्नुभएको छ ।