केवलपुरका गोपाल मिजारलाई राज्यपक्षले वेपत्ता बनाएको १६ वर्ष पुग्यो

Avatar photo
Dhadingpost
मंसिर १८, २०७७

धादिङ मंसिर १८ । धादिङ केवलपुर निवासी गोपाल मिजारलाई राज्यपक्षले वेपत्ता बनाएको आज १६ वर्ष पुगेको छ ।

सिकर्मी र डिकर्मी कामको मजदुरी गर्ने उहाँलाई तात्कालिन राज्यले वेपत्ता वनाए सँगै अहिले सम्म परिवारले सिक सास चाहियो कि लास भन्दै रोहि कराई गरि रहेको १६ वर्ष विति सकेको छ ।

मुलुकमा शासन फरियो, सत्ता फेरियो वेपत्ता खोज विनको काम रत्ति अगाडी बढेन । तात्कालिन माओवादी र एमाले मिलेर नेकपा बन्यो, जनताले झण्डै दुई तिहाई बहुमतको सरकार बनाउने जिम्मा पनि नेकपालाई नै दिए वेपत्ताहरुको खोजविनका लागि गाँठो किन कहाँ परेको छ हामी कहिले सम्म बुबाको पर्खाईमा बस्ने गोपाल मिजारको छोरी शालिना मिजार नेकपा प्रति आक्रोश पोख्छिन् ।

वेपत्ता गोपाल मिजार बारे संक्षित जानकारी

धादिङ जिल्ला तात्कालिन केवलपुर गा.वि.स. वडा न. ८ आचार्य पोखरीमा पिता भक्त मिजार र माता मैया मिजारको कोखबाट वि.स. २०१९ साल फाल्गुनमा गोपाल मिजार जन्मनु भएको हो । उहाँको दाजु चेत बहादुर मिजार, दिदी काली, बहिनी शान्ति र वाटुली हुनुहुन्छ ।

सानै देखिे इमान्दार हक्की स्वभाव जातीय तथा वर्गिय भेदभाव गरेको कत्तिपनी नरुचाउने उहाले सुन्तली मिजार संग वैवाहिक वन्धनमा बाँधिनु भयो । उहाँको दुई छोरी हरु नानु र सलिना हुनुहुन्छ ।

गोपालको पेसा सिकर्मी डकर्मी थियो । रोजगारीको सिलसिलामा गोपाल ईन्डियातिर पनि भौतारिनु भयो । ०५७ मा नेपाल फर्कनु भयो ।काठमाण्डौ मजदुरीको लागी जाँदैै गर्दा स्थानीय केवलपुर कै सुराकीद्धारा खानीखोला प्रहरीलाई खबर भएपछि वि.स. २०६१ साल मंसिर १८ गते प्रहरीले पक्राउ गरेको थियो

यस पछि ०६१ साल देखि गोपालको अहिले सम्म केही अत्तो पत्तो छैन राजनैतिक आस्थाकै कारण निर्दोस उहाँलाई पक्राउ गरिएको थियो ।