
धादिङ मंसिर १३ । धादिङको थाक्रे गाउँपालिका स्थित काउलेमा रहेको उर्लिनीकाली भगवती मन्दिरमा हरिबोधनी एकादशी जात्रा सम्पन्न भएको छ ।
हरेक वर्षको जात्रामा मारुनी नाचिने विशेषता रहेको यस मन्दिरमा हरिबोधनी एकादशी देखि दुई दिन सम्म मेला लाग्ने विशेषता रहेको छ ।
यस मन्दिरमा हरिबोधनी एकादशीको मेलामा पुजा आजा बली चढाउदा मनोकामना पुरा हुने पुरा हुने विश्वास गरिने हुँदा थाक्रे, धुनीबेसी, नुवाकोट, मकवानपुर र काठमाडौ देखि पुजा आजा गर्न आउनेको घुइचो लाग्ने गरेको स्थानीय रितु थापाले धादिङपोष्टलाई बताउनु भयो ।

