बेनीघाटमा रहेको नि:शुल्क कपडा घरलाई मन्जु पाठकद्वारा सहयोग

Avatar photo
Dhadingpost
मंसिर ४, २०७७

धादिङ मंसिर ४ । धादिङको बेनीघाट बजारमा रहेको नि:शुल्क कपडा घरलाई काठमाडौंबाट मन्जु पाठकले कपडा सहयोग गर्नु भएको छ ।

सबैलाई खाना र नाना भन्ने अभियानलाई साथ संचालनमा आएको बेनीघाटको नि:शुल्क कपडा घरलाई बिहिबार काठमाडौंबाट मन्जु पाठकले कपडा सहयोग गर्नु भएको हो ।

उक्त नि:शुल्क कपडा घरलाई स्थानीय अभिषेक पाण्डेले केही थान कपडाहरु सहयोग गर्नुभएको दिपेश कडेलले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

बेनीघाट क्षेत्रमा धेरै निम्न वर्गाीय चेपाङ परिवारको बस्ती भएकाले उनीहरुका लागि नै लक्षित गरी कपडा बैंक खोलिएको भए पनि अन्य समुदायका असाह्य र गरिवहरु समेत लावन्भित बनेका छन् ।


नि:शुल्क कपडा घरलाई सहयोग गर्न चाहानेहरुले दिपेश कडेल 9865003195 मा सम्पर्क गर्न सकिने छ ।