सोच, चिन्तनमा परिबर्तन

Avatar photo
Dhadingpost
साउन ८, २०७५

Gajendra Gurung
(कहिल्यै नसुधि्रिने भयौ हामी नेपाली अनि हाम्रो नेता ज्युहरु …….!)
एकातिर exam को तनाब छ अर्को तिर घर व्यबहार जागीर अनि पैसाको तनाब छ , एसो mood fresh गरौन त भनेर अनुहार पुस्तिका, facebook खोल्यो देशको कहाली लाग्दो राजनीतिक माहोलले झनै दिमाग hang बनाउन्छ ….!
केही समय अगाडि लाग्थ्यो देशमा आमूल परिबर्तन आउने छ , हामी जस्ता युवा बर्ग सधै राजनितिक परिबर्तनको नाममा झोले कार्यकर्ता बन्नुपर्दैन , मिहिनेती गरि योग्य बने, स्वोदेसमै रोजगारी पाईन्छ । अबको स्थानीय तथा प्रतिनिधि सभा तथा प्रदेस सभाको निर्वाचन पछी स्थाई सरकार रहन्छ, सिस्टम मा देश चल्छ अनि बिकासले छलाङ मार्छ भन्ने लाग्थ्यो !
तर सरकार बनेको छ महिना बित्द्नबित्दै भादभैलो को अवस्था सिर्जना हुदा साना तिना विषय बस्तुमा सत्ता पक्ष र विपक्ष बिच मुसा र बिरालो को जुधाई अनि फेरि निर्दोष नेपाली नेपाली बिचको जुदाई देख्दा लाग्छ हामी नेपाली अनि हाम्रो नेता ज्युहरुमा अझै पनि राजनीतिक सिस्टम परिबर्तन भए पनि परम्परा देखि जदो गाडेर बसेको सोच, चिन्तनमा परिबर्तन आउन नसकेको रहेछ ।