
Ram Thapa Chhetri
नेपालका मेडिकल माफियाहरु अहिले बिदेशबाट पढेका डाक्टरहरु गुणस्तरहीन भनेर झ्याली पिट्न थालेका छन ।
यिनिहरु आफ्नो कलेजमा पढ्न सुरुमा २०-३० लाख डाउन पेमेन्ट माग्छन । जबकी त्यति नै पैसा वार्षिक किस्ताबन्दीमा तिरेर बङलादेश लगायतका मुलुकहरुमा ५ बर्शे कोर्स पुरा गर्न सकिन्छ ।
नेपालमा पढ्न कि त छात्रब्रित्तिमा नाम निस्किनुपर्यो कि त पैसावाला परिवारको सन्तान हुनुपर्यो । यो दुबै क्याटागोरीमा नपरेका मध्यम वर्गिय परिवारका जेहेन्दार छोराछोरीहरुले धेरै दु:ख कस्ट सहेर डाक्टर बनेर स्वदेश फर्किदा माफियाहरुलाई पर्नु सम्मको पीर परेको छ ।
अनि भन्ने गर्छन- नेपालमा मेडिकल कलेज खोल्न नदिएको भएर बर्शेनी १३ अर्ब बाहिरियो ।
स्वदेशका कलेजमा फि घटाऊ, किस्ताबन्दीमा पनि जेहेन्दार विधार्थीले पढ्न पाउने वातावरण बनाउ,सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल…अनि त्यसपछी कुन चै विधार्थी बाहिर जान्छन हामी पनि हेर्छौ ।उद्देश्य नै ब्यापार गर्ने भए पछि यस्ता काइते तर्कहरु निक्कै आउने गर्छन् ।
