लडाँईको त्यो अन्तिम मैदानमा डम्मरु

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३, २०७४

Gorkhali Arjun
लडाँईको त्यो अन्तिम मैदानमा, दुईवटा बाघको घनघोर युद्ध चलीरहेको थियो । एउटा बाघले आफ्नो गाउँ र परीवारको सुरक्षाकोलागि लडाँई लडीरहेको थियो भने अर्को बाघले त्यो गाउँ र त्यो परीवारलाई सिद्ध्याउनको लागि लडाँई लडीरहेको थियो, तर तेत्तिकैमा त्यो लडाँईको मैदानमा एउटा डम्मरू आयो । त्यो विचारा डम्मरुले कुन्नी किन हो स्वंच विचारै नगरी अर्कौ बाघको साथ दियो । फेरी पनि एउटा बाघले आत्म विस्वासका साथ आफ्नो प्यारो गाउँ र आफ्नो परीवारका सदस्यहरूको सुरक्षाको खातिर अर्को बाघ र डम्मरु सँग एक्लै मैदानमा भिडन्त गरीरहेको छ । एउटा बाघले आफ्नो लडाँइलाई लडाँईको मैदानमा जितको सुनिस्चितताको निमित्त लडाँईलाई बर्करार राखिरहेको छ ।त्यो विचरा डम्मरु भने अर्कों बाघले देखाएको लालीपपमा रमाई रमाई खेलीरहेको छ।