जीवाईसीद्वारा स्फटिक खम्बा फुटबल प्रतियोगितालाई आर्थिक सहयोग

Avatar photo
Dhadingpost
कार्तिक १५, २०८३

धादिङ । गणेशस्थान युवा क्लब (जीवाईसी) त्रिपुरासुन्दरीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिञ्चोकमा आयोजना हुन लागेको स्फटिक खम्बा फुटबल प्रतियोगितालाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्फटिक खम्बा (फटिक खम्बा) को प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले स्फटिक खम्बा युवा क्लबले आयोजना गर्न लागेको ६ ए साइड फुटबल प्रतियोगितालाई जीवाईसीले सहयोग गरेको हो ।

समुदायस्तरमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको जीवाईसीले स्फटिक खम्बा युवा क्लब आफ्नो छिमेकी क्लब रहेको र प्रतियोगिताले स्थानीय धार्मिक तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धनमा सहयोग पुग्ने भएकाले आर्थिक सहयोग गरेको जनाएको छ ।

प्रतियोगिता आगामी कार्तिक २२ गतेदेखि २४ गतेसम्म आगिञ्चोकको चुराटारमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद १५ हजार रुपैयाँसहित मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

स्थानीय क्लबबीचको सहकार्य र सामाजिक सहयोगमार्फत खेलकुदसँगै क्षेत्रको धार्मिक तथा ऐतिहासिक पहिचानको प्रचारप्रसार गर्ने उद्देश्य प्रतियोगिताले लिएको छ ।