गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन जेठ ३० गते

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०८३

धादिङ । गणित विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते हुने भएको छ ।

परिषद्का अनुसार अधिवेशन नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिनेछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको परिषद्का सचिव उत्तम भट्टले जानकारी दिए ।

उक्त कार्यक्रममा जिल्लाभरका गणित विषयका शिक्षक, शिक्षाप्रेमी तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । अधिवेशनमा परिषद्को वार्षिक गतिविधि, आगामी कार्ययोजना तथा संगठन सुदृढीकरणका विषयमा समेत छलफल गरिने बताइएको छ।

गणित शिक्षा परिषद् धादिङले स्थापना कालदेखि नै गणित शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूलाई लक्षित कार्यशाला, प्रशिक्षण तथा विद्यार्थीहरूका लागि गणित हाजिरीजवाफ प्रतियोगितालगायत विभिन्न शैक्षिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

परिषद्ले जिल्लामा गणित विषयप्रति विद्यार्थीको रुचि बढाउन तथा शिक्षकहरूको पेशागत क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

गणित शिक्षा परिषद धादिङको यसअघिका गतिविधिहरु