
धादिङ । धादिङबेसी सदरमुकाममा भोली अर्थात माघ १७ गते तामाङ हरुको महान पर्व २८६१ सोनाम ल्होछारको अवरसमा हुने विशेष साँस्कृतिक कार्यक्रममा पौराणिक घोडचढी नाच देखाईने भएको छ ।
खुल्ला मञ्चमा केहि दि देखि लोक साँस्कृतिक महोत्सव चल्दै आएपनि भोली १७ गते टिकट नकाट्ने र स्टेज ल्होछार कार्यक्रम आयोजकले प्रयोगमा ल्याउन पाउने भए सँगै ल्होछार विशेष कार्यक्रम भव्य हुने बताईएको छ ।
बृचेत युवा समाज र ज्यम्बल गुम्बा लामा प्रमुखको संयुक्त प्रतिनिधित्वमा बृचेत गाउँमा नाच्दै आएको पौराणिक घोडा, घोडचढी नाच सङ्गै ५० जाना झाक्री हरुको बेजोड प्रस्तुती समेत भोली धादिङबेसीमा देखाईने छ ।
घोडचढी नाचको महात्वका विषयमा यस अघि नै गोपाल फ्युवा धादिङपोष्टमा लेख लेखि सकेका छन् । पुनः पढ्न यो लिङ्क मा क्लिक गर्नुहोला ।

पूर्वमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा हास्य तर्फ मर्नेन वाईवा, जोङ्वा कान्छा, विकल लामा र राजुमान रुक्बा, गायक तर्फ रोशन फ्यूवा, राम गोम्जा, सन्दिप स्याम्चेन, राज गोम्जा, मोहन सिंह वाईवा, राजु वाईवा, गायिकाहरुमा टीकामायाँ चोथेन, सविना तामाङ, मोडल तर्फ सुनिता वाईवा र दुरबेभ मम्बा लगायतका कलाकारहरुको भव्य प्रस्तुती रहने बताईएको छ ।