धादिङ । सिद्धलेक गाउँपालिकाको पालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ८ स्वर्ण सहित सिद्धलेक–७ पिपलटारको महाकाली माविले जितेको छ । प्रतियोगितामा १ निजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा छात्र र छात्राको भलिबल, कबड्डी, र एथ्लेटिक्सका विभिन्न बिधामा प्रतिस्पर्धा गराईएको थियो ।
खिर्रेको नलाङ पात्ले माध्यमिक विद्यालयको संयोजनमा भएको उक्त प्रतियोगितामा ८ स्वर्ण, २ रजत र ३ कास्य सहित महाकाली प्रथम हुँदा, ४ स्वर्ण, १ रजत र ५ कास्य सहित नलाङ पात्ले मावि द्वितिय हुन सफल भएको छ ।
कुन विद्यालयको कति पदक
महाकाली मावि ८ स्वर्ण, २ रजत र ३ कास्य पदक
नलाङ पात्ले ४ स्वर्ण, १ रजत र ५ कास्य पदक
सुन्दरी मावि ३ स्वर्ण र २ रजत पदक
सत्यवती मावि ३ स्वर्ण, १ रजत र ४ कास्य पदक
सिद्धेश्वर मावि २ स्वर्ण, ४ रजत र ६ कास्य पदक
बाघबच्छला मावि २ स्वर्ण, १ रजत र ५ कास्य पदक
जलेश्वरी मावि २ स्वर्ण, १ रजत र २ कास्य पदक
अकलालेवीे २ स्वर्ण पदक
मिन्दुका मावि १ स्वर्ण, १० रजत र ४ कास्य पदक
कालिदेवी मावि १ स्वर्ण पदक
अमर आदर्श मावि २ रजत र २ कास्य पदक
नलाङ माविले २ रजत र १ कास्य पदक
नलाङ मोडेल एकेडेमी २ रजत
पञ्चमुखी मावि ०
गत वर्ष सिद्धलेकको राष्ट्रपति रनिङ शिल्ड सिद्धलेक ३ डुमीडाँडाको अमरआदर्श माध्यमिक विद्यालयमा भएको थियो । उक्त प्रतियोगिता ७ स्वर्ण, २ रजत र ३ कास्य सहित १२ पदक ल्याउँदै मिन्दुका माध्यमिक विद्यालयले जितेको थियो, भने सत्यवती माविले ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक सहित दोस्रो, ५ स्वर्ण,५ रजत र ५ कास्यको ससाथमा नलाङ पात्ले मावि तेस्रो भएको थियो । २०७९ को राष्ट्रपति रनिङ शिल्ड सलाङघाट स्थित जलेश्वरी माध्यामिक विद्यालय भएको थियो उक्त प्रतियोगिता ८ स्वर्ण, ५ रजत र २ कास्य सहित सत्यवती माध्यामिक विद्यालयले जितेको थियो।