सिद्धलेकको राष्ट्रपति रनिङ शिल्ड सत्यवतीले जित्यो (खेल नतिजा)

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २०, २०७९

धादिङ । बुधबार देखि ज्वालेश्वरी माध्यामिक विद्यालयमा आयोजित सिद्धलेक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड ८ स्वर्ण, ५ रजत र २ कास्य सहित सत्यवती माध्यामिक विद्यालयले जितेको छ ।

यस्तै ६ स्वर्ण, ५ रजत सहित सिद्धेश्वर माध्यामिक विद्यालय दोस्रो बन्यो भने ४ स्वर्ण, ८ रजत र ४ कास्य सहित महाकालि मावि तृतिय भएको छ । ३ स्वर्ण १ रजत र ४ कास्य सहित बाघबच्छला माध्यामिक विद्यालय चौथो बनेको छ ।

आयोजक विद्यालय जलेश्वरी नवौं भयो
प्रतियोगिताको आयोजना गर्ने सलाङघाट स्थित जलेश्वरी माध्यामिक विद्यालयले भने यस प्रतियोगितामा ९ औं स्थान सुरक्षित गर्न सफल भयो । खेल पुर्वाधारको अभावका बीच पनि गाउँपालिकाले प्रतियोगिता गर्ने जिम्मा जलेश्वरीलाई दिँदा खेल मैदानको अभावमा ४०० मिटरको रिले
दौडमा भाग लिने खेलाडी विद्यार्थी हुँदा पनि खेलबाट बन्चित भए ।

सिद्धलेकमा रहेका १ निजी र १३ सरकारी गरी १४ वटा माध्यामिक विद्यालय सबैले यस प्रतियोगितामा भाग लिएका थिए । विजेता खेलाडीहरुलाई आज एक विशेष समारोहबा बीच पुरस्कार प्रदान गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन गरिएको थियो ।

यस्तो थियो नतिजा