
धादिङ । सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ७ स्वर्ण,२ रजत र ३ कास्य सहित १२ पदक ल्याउँदै मिन्दुका माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगितामा १ निजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालय सहभागि थिए ।
यस्तै सत्यवती माविले ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक सहित दोस्रो, ५ स्वर्ण,५ रजत र ५ कास्यको ससाथमा नलाङ पात्ले मावि तेस्रो, ४ स्वर्ण, ४ रजत र २ कास्य सहित महाकाली माविले चौथो , ३ स्वर्ण, ३ रजत र ४ कास्य सहित सिद्धेश्वर मावि पाँचौ, २ स्वर्ण,२ रजत र १ कास्य सहित सुन्दरी मावि छैटौं, १ स्वर्ण,१ रजत र २ कास्य सहित जलेश्वरी मावि सातौ र १ स्वर्ण,१ रजत र ४ कास्य सहित बाघबच्छला मावि आठौं भयो ।
यस प्रतियोगितामा नलाङ माविले २ रजत, कालिदेवी माविले १ रजत १ कास्य, नलाङ मोडेल एकेडेमीले १ रजत र १ कास्य पदक, अकलादेवी मावि १ कास्य र अमर आदर्श मावि १ कास्य जिते भने पञ्चमुखी माविले भने कुनै पदक जित्न सकेन । तस्वीरः अनिल अछामी
गत बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सलाङकै जलेश्वरी माविमा भएको थियो उक्त प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र २ कास्य सहित सत्यवती माध्यामिक विद्यालयले जितेको थियो तर यो वर्ष भने सत्यवतीलाई फलदायी भएन । यस्तै गतस साल ४ कास्य मात्रै जितेको मिल्दुकाले छलाङ् मार्दै यस वर्ष प्रथम नै भयो भने गत सालको आयोजक विद्यालय जलश्वरीले नवौंबाट खेल सुधार्दै यस वर्ष सातौं बन्न ससफल बन्यो ।
गतसालको नतिजा
