दशौं एन्फा लिग विजेता धुनिबेसीले प्रदेशका लागि खेलाडी छनोट गर्दै

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २४, २०८१

धादिङ । धादिङको दशौं एन्फा लिग विजेता धुनिबेसी युवा समाजले पुसमा, हेटौंडामा हुने प्रदेश स्तरीय लिग खेल्न टिमका लागि खेलाडी छनोट गर्ने भएको छ ।

गत चैतमा धादिङ जिल्ला स्तरीय दशौं एन्फा लिगमा भद्रकाली सामुदायिक समाज मलेखुलाई २-१ पराजित गर्दै धुनिबेसी प्रदेशका लागि छनोट भएको थियो । प्रदेश खेल्न इच्छुक खेलाडीहरुलाई मंसिर २५ गते धुनिबेसी रंगशालामा छनोटका लागि धुनीबेसीले बोलाएको धुनिबेसी युवा समाजका टिम कोच हरि लामाले धादिङपोष्टलाई बताए ।

यसअघि आठौं एन्फा लिगको धादिङ समाज धादिङबेसी जिल्ला लिग, प्रदेश लिग जित्दै अन्तर प्रदेश लिग खेलेको थियो भने नवौं जिल्ला लिगको विजेता विद्यार्थी उपकार संघ नीलकण्ठले कोरोनाको कारण प्रदेश लिग नै नभए पछि जिल्ला लिग भन्दा माथिका खेल्न पाएन । फाईल फोटो