![](https://dhadingpost.com/wp-content/uploads/2024/12/minduka.jpg)
धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नलाङ पात्ले माविमा मंसिर २८ देखि ३० सम्म आयोजना गर्ने भएको छ ।
१ नीजि सहित १४ विद्यालयहरुले भाग लिने यस प्रतियोगितामा छात्र/छात्राको भलिबल,कबड्डि र एथलेटिक्स विधाको खेलहरु हुने बताईएको छ ।
गत वर्ष सिद्धलेकको राष्ट्रपति रनिङ शिल्ड सिद्धलेक ३ डुमीडाँडाको अमरआदर्श माध्यमिक विद्यालयमा भएको थियो । उक्त प्रतियोगिता ७ स्वर्ण, २ रजत र ३ कास्य सहित १२ पदक ल्याउँदै मिन्दुका माध्यमिक विद्यालयले जितेको थियो, भने सत्यवती माविले ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक सहित दोस्रो, ५ स्वर्ण,५ रजत र ५ कास्यको ससाथमा नलाङ पात्ले मावि तेस्रो भएको थियो ।
२०७९ को राष्ट्रपति रनिङ शिल्ड सलाङघाट स्थित जलेश्वरी माध्यामिक विद्यालय भएको थियो उक्त प्रतियोगिता ८ स्वर्ण, ५ रजत र २ कास्य सहित सत्यवती माध्यामिक विद्यालयले जितेको थियो। तस्वीरः गत वर्षको