एड्भान्स एकेडेमी लोक नृत्यमा बागमती प्रदेश प्रथम

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १७, २०८१

धादिङ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बागमती प्रदेशको आयोजनामा आज सम्पन्न भएको प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा धादिङको एड्भान्स एकेडेमी प्रदेश विजेता भएको छ ।

धादिङ जिल्ला स्तरीय छनोट प्रतियोगितामा तृतीय हुँदै प्रदेशका लागि छनोट भएको एड्भान्स एकेडेमी प्रदेश विजेता भए सँगै अब केन्द्रिय (अन्तर प्रदेश) प्रतियोगिताको लागि बागमती प्रदेशबाट छनोट भएको छ । एड्भान्स एकेडेमी प्रदेशबाट केन्द्रिय प्रतियोगिताको लागि लगातार यो तेस्रो पटक छनोट हुन सफल भएको हो ।

आज भक्तपुरमा भएको प्रदेश स्तरीय नृत्य प्रतियोगितामा एड्भान्स प्रथम भई केन्द्रीय प्रतियोगितामा छनोट हुँदा रिलाईन्स बोर्डिङ दोस्रो, भक्तपुरबाट चनक्या स्कु तृतीय र सिनिङ बोर्डिङ सान्तोना भएका थिए । उक्त प्रतियोगितामा धादिङबाट चिल्ड्रेनपार्क, सक्सेज र राईजिङ स्टार बोर्डिङ सहभागी थिए ।

धादिङबाट एड्भास एकेडेमी जिल्ला प्रदेश हुँदै राष्ट्रिय स्तरीय लोक नृत्य प्रतियोगिता-०७९ मा द्वितिय बनेको थियो, भने गत वर्ष जिल्ला हुँदै राष्ट्रिय प्रतियोगिताको लागि छनोट भएता पनि सहभागिता जनाएको थिएन ।