सुदीप भूषण अर्याल अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्ता बने

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १७, २०८१

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा ज्वालामुखी गाउँपालिका ४ निवासी सुदीप भूषण अर्याल मनोनित भएका छन् । विगत लामो समय देखि हेलिसिंगी, फिल्याण्डलाई कर्मथलो बनाउँदै आएका सुदीपलाई अन्तर्राष्ट्रिय धादिङ समाजको कार्य समितिले विधान अनुरुप प्रवक्तामा मनोनित गरेको हो ।

खेलकुद सामाजिक तथा स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान दिदै आएका सुदीप भूषण अर्याल एनआरएनए आइसीसी सदस्य, एनआरएनए फिनल्यान्डका सल्लाहकार, नेपाल हेलिसिंगी क्रिकेट क्लबका पूर्व अध्यक्ष लगायत विभिन्न संघसंस्थामा आबद्धभई सामाजिक कार्य क्रियाशिल छन् ।

समाजको कार्यसमिति बैठकले केहि दिन अघि मात्रै ठकले महिला उपाध्यक्ष, उपाध्यक्ष र ६ जना सदस्य गरी ८ जना मनोनित गरेको थियो । मनोनित हुनेमा उपाध्यक्ष सुजाता दुवाडी (जापान), उपाध्यक्ष विनोद उप्रेती (अष्ट्रेलिया), सदस्यहरुमा दिवाकर दाहाल (अष्ट्रेलिया), सृजना लम्साल (यूएई), तेज अर्याल (बेल्जियम), विनोद अर्याल (बहराईन) महेन्दो वाईवा (बेल्जियम), अनिल दाहाल (क्यानडा) थिए ।

२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थसमिति बनेको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ अससोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो उक्त अधिबेशनबाट अध्यक्षमा पुन: नानुकाजी श्रेष्ठ चयन भएका थिए, भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएका थिए भने तेस्रो अधिबेशनबाट पनि खकुराल नै अध्यक्ष बनेका छन् ।