
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा राजन खकुराल (युके) नै दोहोरिएका छन् । मंगलबार सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको महाधिवेशनले चौथो कार्यकालका लागि फेरि खकुराललाई अध्यक्षमा चयन गरेको हो ।
यस्तो छ नव निर्वाति कार्यसमिति
अध्यक्षः राजन खकुराला(युके)
वरिष्ठ उपाध्यक्षः दिनेश तामाङ (नेपाल)
उपाध्यक्षः सविन थपलिया (अस्ट्रेलिया)
उपाध्यक्षः राजेन्द्र श्रेष्ठ (जापान)
उपाध्यक्षः बद्री खतिवडा (अमेरीका)
महासचिवः बाबुकाजी भण्डारी (जापान)
सचिवः राजेन्द्र थपलिया (द.कोरिया)
सचिवः कल्याण विक्रम कार्की (अष्ट्रेलिया)
कोषाध्यक्षः रामकुमार थापा (नेपाल)
सह कोषाध्यक्षः सोमनाथ कडेंल (कतार)
सदस्यहरुः दिपक तिमिल्सिना (युके)
सदस्यः पारस भण्डारी (अस्ट्रेलिया)
सदस्यःविनोद उप्रेती (अष्ट्रेलिया)
सदस्यः कमल दुवाडी (अमेरीका)
सदस्यःछन्द प्रसाद सिलवाल (भारत)
पछि थप गर्नेः
महिला उपाध्यक्षः १ जना
महिला सविचः १ जना
प्रवक्ताः १ जना
सदस्य मनोनियतः ४ जना
निर्वाचन कमिटीका संयोजक एवम् गैरआवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष रामशरण रामशरण सिंखडाले निर्वाचित सबैलाई सपथ खुवाएका थिए ।
महाधिवेशनको नेपाल सरकारका कृषी तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका थिए भने, जिल्ला निवासी पूर्व मन्त्री, मन्त्री, संघीय सांसद, सांसद र पलिाका अध्यक्ष देखि वडा अध्यक्ष सम्म आतिथ्यता रहेको थियो ।
अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएता पनि १४ देखका १ २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए ।
२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थसमिति बनेको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ अससोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो उक्त अधिबेशनबाट अध्यक्षमा पुन: नानुकाजी श्रेष्ठ चयन भएका थिए, भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएका थिए ।








