अन्तर्राष्ट्रिय धादिङ समाजको निर्वाचन कमिटी गठन

Avatar photo
Dhadingpost
सोमवार, भदौ २४, २०८१

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको तेस्रो महाधिवेशन आउँदो अक्टोबर ८ तारिख अर्थात असोज २२ धादिङबेसीमा हुँदैछ । भने विधान संशोधन अधिवेशन भने सेप्टेम्बर २२ तारिख आइतबारका दिन जुम मार्फत हुँदैछ। अधिवेशन तयारी कै क्रममा समाजले निर्वाचन कमिटी र निर्वाचन सुपरिवेक्षण कमिटी गठन गरेको छ । तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनको लागि एनआरएन आईसीसीका उपाध्यक्ष रामशरण सिमखडाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो ।

निर्वाचन समितिमा संयोजक रामशरण सिंखडा (यूके) सदस्य सचिव हरिराम बुर्लाकोटी (अमेरिका), सदस्यहरुमा चिज कुमार तामाङ (पोर्चुगल), किरण अधिकारी (अस्ट्रेलिया) र कृष्ण खनाल (जापान) लाई अध्यक्ष राजन खकुरालले नियुक्त गरेका हुन् । निर्वाचन सुपरिवेक्षणमा एनआरएनए अभियन्ता लोकप्रसाद दाहाल, एनआरएनए आइसिसी सचिव मनोज गोर्खाली र अन्तर्राष्ट्रिय धादिङ समाजका निवर्तमान अध्यक्ष नानुकाजी अर्याललाई तोकिएको अध्यक्ष खकुरालले धादिङपोष्टलाई बताए ।

विश्वभर छरिएर रहेका धादिङ्गेहरु सहभागीतामा हुने उक्त महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । अधिवेशन सम्पन्न गर्नका लागि उपाध्यक्ष कासी दनै र सविन थपलियाको नेतृत्वमा आर्थिक समिति बनाएको प्रवक्ता भिशेष लोहनीले बताए । महाधिवेशन प्रतिनिधिको लागि पूर्ण राष्ट्रिय समिति भएको राष्ट्रबाट १५ जना र पूर्ण राष्ट्रिय समिति नभएको राष्ट्रबाट अधिकतम ५ जना प्रतिनिधि छनोट गर्ने र प्रतिनिधि छनोटको लागि राष्ट्रिय समन्वय परिषद्को अध्यक्षलाई जिम्मेवारी दिईएको छ ।

२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थसमिति बनेको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ अससोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो उक्त अधिबेशनबाट अध्यक्षमा पुन: नानुकाजी श्रेष्ठ चयन भएका थिए, भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएका थिए ।

भर्चुअल माध्ययमबाट भएको उक्त अधिवेशन अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ धादिङ, उपाध्यक्षहरुमा कासी दनै बल्जियम, सविन थपलिय अष्ट्रेलिया , महासचिवमा राजेन्द्र श्रेष्ठ जापान, सचिवहरुमा राजेन्द्र थपलिया दक्षिण कोरिया, बाबुकाजी भण्डारी जापान, कोषाध्यक्षमा भगवती उप्रेती नीलकण्ठ र सह कोषाध्यक्षमा रामकुमार थापा धादिङ चयन भएका थिए ।

अध्यक्ष राजन खकुरालले तेस्रो महाधिवेशन सफल गर्न सम्पूर्ण सम्बन्धित संघ सस्था तथा प्रतिनिधिहरुलाई अपिल समेत गरेका छन् ।