
धादिङ । गत असोज २२ गते धादिङबेसीमा सम्पन्न अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशनले चौथो कार्यकालका लागि राजन खकुराल (युके) अध्यक्ष रहेको कार्य समिति निर्वाचित गरेको थियो । उक्त निवाचित कार्यसमितिको बैठकले विधान अनुसार ८ सदस्य विभिन्न पदमा मनोनित गरेको छ भने अझै ५ जना मनोनित गर्न बाँकी रहेको जनाईएको छ ।
कार्यसमितिको बैठकले महिला उपाध्यक्ष, उपाध्यक्ष र ६ जना सदस्य गरी ८ जना मनोनित गरेको हो भने अझै महिला सचिव, युवा संयोजक, प्रवक्ता र एक जना सदस्य मनोनित गर्न बाँकी रहेको बताईएको छ ।
मनोनित हुनेहरुमा महिला उपाध्यक्ष सुजाता दुवाडी (जापान), उपाध्यक्ष विनोद उप्रेती (अष्ट्रेलिया), सदस्यहरुमा दिवाकर दाहाल (अष्ट्रेलिया), सृजना लम्साल (यूएई), तेज अर्याल (बेल्जियम), विनोद अर्याल (बहराईन) महेन्दो वाईवा (बेल्जियम), अनिल दाहाल (क्यानडा) रहेका छन् ।
२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थसमिति बनेको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ अससोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो उक्त अधिबेशनबाट अध्यक्षमा पुन: नानुकाजी श्रेष्ठ चयन भएका थिए, भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएका थिए भने तेस्रो अधिबेशनबाट पनि खकुराल नै अध्यक्ष बनेका छन् ।



