सहिद छेजु तामाङ तेस्रो खुल्ला दौडमा श्रीलाल र हिरा प्रथम

Avatar photo
Dhadingpost
शनिबार, अशोज २६, २०८१

धादिङ । धादिङको खनियाबास गाउँपालिका ५ सत्यदेविमा विजया दशमीको अवसरमा भएको सहिद छेजु तामाङ तेस्रो १० किलो मिटरको दौड प्रतियोगिता पुरुष तर्फ श्रीलाल तामाङ र महिला तर्फ ५ किलो मिटर दौडमा हिरा तामाङ प्रथम भएका छन् । श्रीलालले निर्धारित दुई ३७ मिनेटमा पार गर्दै प्रथम भएका हुन् ।

गोम्पोङ समाज खनियाबासले आयोजना गरेको उक्त प्रतियोगितामा पुरुष तर्फ वीर बहादुर तामाङ द्वितिय, विशाल गुरुङ तृतीय र टिकाराम तामाङ चौंथो भएका थिएका थिए भने महिला तर्फ रिजिना तामाङ द्वितिय, आशिका तामाङ तृतीय र रिन्छे डोल्मा तामाङ चौंथो भए । प्रतियोगितामा पुरुष तर्फ ४० जनाले र महिला तर्फ २० जनाले भाग लिएका थिए ।

प्रतियोगिताका विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका प्रमुख रणबहादुर तामाङ, विशेष अतिथि उप प्रमुख सेक्केमान तामाङले पुस्कार वितरण गरेका थिए । पुरुष तर्फ प्रथम द्वितिय र तृतीयलाई क्रमस १५ हजार, १० हजार र ५ हजार महिला तर्फ प्रथम द्वितिय र तृतीयलाई क्रमस ९ हजार ६ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको आयोजक संस्था गोम्पोङ समाज खनियाबासका वाङ्छु तामाङले बताए ।

पञ्चायत विरुद्धको आन्दोलनमा २०१८ सालमा ज्यान गुमाएका धादिङका प्रथम सहिद छेज्यु तामाङ स्मृतिमा विगत तीन वर्षदेखि खनियाबास ५ स्थित सत्यदेविमा खुल्ला ‘म्याराथन दौड’ हुँदै आएको सुजन तामाङले धादिङपोष्टलाई बताए । पहिलो संस्करणको दौंड २०७९ मा भएको थियो उक्त प्रतियोगिता बेगबहादुर तामाङले जितेका थिए भने त्यसपछि २०८० मा भएको दोस्रो संस्करणको प्रतियोगिता विशाल गुरुङ प्रथम भएको थिए । गत साल प्रथम भएका उनले यो पटक भने तृतीयमा चित्त बुझाएका छन् ।