खनियाबास ‘म्याराथन दौड’ बेगबहादुरले जिते

Avatar photo
Dhadingpost
आइतवार, अशोज १६, २०७९

धादिङ । धादिङको खनियाबास गाउँपालिका ५ सत्यदेविमा विजया दशमिको अवसरमा आज भएको १० किलो मिटरको खुल्ला ‘म्याराथन दौड’ स्थानीय बेगबहादु तामाङले जितेका छन् ।

पञ्चायत विरुद्धको आन्दोलनमा २०१८ सालमा ज्यान गुमाएका धादिङका प्रथम सहिद छेज्यु तामाङ स्मृतिमा आयोजना गरिएको यस प्रतियोगितामा निर्धारित १० किलोमिटरको दौड बेगबहादुरले ४९ मिनेटमा पुरा गर्दै उपाधी जितेका हुन् । यस्तै पारस तामाङले ५२ मिनेट १५ सेकेन्डमा पुरा गर्दै दोस्रो बने भने सुजन तामाङले ५३ मिनेट १३ सेकेण्डमा पुरा गर्दै तेस्रो भए । उनीहरुलाई क्रमर १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिएको थियो ।

गोम्पोङ समाज खनियाबासले आयोजना गरेको यस प्रतियोगिताका विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, विशेष अतिथिहरु गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ र जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले पुस्कार वितरण गरेका थिए । प्रतियोगितामा ४४ जना सहभागि थिए । सबैलाई सहभागिहरुलाई पूर्व मन्त्री दिलमान पाख्रिनको तर्फबाट १-१ हजार प्रदान गरिएको थियो।

गत वर्ष असोज २७ गते खनियाबासमा विजया दशमीको अवसमा अहिंसावादी युवा क्लवले ५ हजार मिटर खुल्ला पुरुष दौड प्रतियोगिता गरेको थियो उक्त प्रतियोगितामा निर्धारित दुरी २२ मिनेटमा पुरा गर्दै रनबहादु तामाङ प्रथम भएका हुन् । यस्तै उक्त दौडमा सुजन तामाङ दोस्रो र सज्जन तामाङ तेस्रो भएका थिए ।