खनियाबासमा भएको दौड प्रतियोगिता रन बहादुर तामाङले जिते

Avatar photo
पुजा थापा
बुधबार, अशोज २७, २०७८

धादिङ असोज २७ । धादिङको खनियाबास गाउँपालिकामा अहिंसावादी युवा क्लवले आयोजना गरेको ५ हजार मिटर खुल्ला पुरुष दौड प्रतियोगिता रनबहादु तामाङले जितेका छन् । बच्छलामाविको खेल मैदानबाट सूरुभएको उक्त दौडको निर्धारित दुरी २२ मिनेटमा पुरा गर्दै रनबहादु तामाङ प्रथम भएका हुन् । यस्तै उक्त दौडमा सुजन तामाङ दोस्रो र सज्जन तामाङ तेस्रो भएका थिए ।

९० जना भन्दा बढी ले भाग लिएको उक्त प्रतियोगितामा गाउँपालिका प्रमुख रणबहादुर तामाङले समेत भाग लिएको खेल प्रशिक्षक अमृत तामाङले धादिङपोष्टलाई बताए । विजयी हुनेहरुलाई बिहिबार भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रथम द्वितिय र तृतियलाई क्रमस १० हजार, ६ हजार र ४ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।