अन्तराष्ट्रिय धादिङ समाजको महाधिबेशनका लागि प्रतिनीधिहरु आउन सुरु

Avatar photo
Dhadingpost
सोमवार, अशोज २१, २०८१

धादिङ । विश्वभर छरिएर रहेका धादिङ्गेहरुको साझा संस्था अन्तराष्ट्रिय धादिङ समाजको तेस्रो महाधिबेशन भोली अर्थात असोज २२ गते धादिङबेसीमा हुँदैछ । अधिबेशनमा १८ देशबाट १४० जना भन्दा बढी प्रतिनीधिहरु सहभागि हुने जनाईएको छ । अधिवेशनले नयाँ कार्यसमिति गठन गर्ने छ ।

अधिबेशनको अन्तिम तयरीका लागि अध्यक्ष राजन खकुराल आईतबार साँझ नेपाल आईपुगेका छन् भने अन्य कार्यसमितिका सदस्यहरु प्रतिनीधिहरु आउनेक्रममा छन् । आज साँझ देखि नै धादिङबेसी स्थित क्रिक रिसोर्ट बुक गरिएको छ भने महाधिबेशन मंगलबार बिहान ११ बजेबाट सुरुहुने बताईएको छ ।

२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थसमिति बनेको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ अससोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो उक्त अधिबेशनबाट अध्यक्षमा पुन: नानुकाजी श्रेष्ठ चयन भएका थिए, भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा राजन खकुराल चयन भएका थिए ।

भर्चुअल माध्ययमबाट भएको उक्त अधिवेशन अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ धादिङ, उपाध्यक्षहरुमा कासी दनै बल्जियम, सविन थपलिय अष्ट्रेलिया , महासचिवमा राजेन्द्र श्रेष्ठ जापान, सचिवहरुमा राजेन्द्र थपलिया दक्षिण कोरिया, बाबुकाजी भण्डारी जापान, कोषाध्यक्षमा भगवती उप्रेती नीलकण्ठ र सह कोषाध्यक्षमा रामकुमार थापा धादिङ चयन भएका थिए ।