धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको विधान अधिवेशन आज दिनको ३ बजेबाट भर्चुअल मध्यमबाट हुने अध्यक्ष राजन खकुरालले बताएका छन् ।
आज हामी विधानमा संशोधन गर्नु पर्ने कुराहरु अन्तरक्रिया/छलफलका माध्यमबाट टुग्याउँछौं । नयाँ कार्य समितिका लागि असोज २२ गते धादिङबेसीमा अधिबेशन गर्दैछौं, अध्यक्ष खकुरालले बताए ।
राष्ट्रिय समन्वय परिषदका अध्यक्ष हरु तथा सम्पूर्ण साधारण सदस्यहरूलाई विधान संशोधन अधिवेशनको जुमको लिङ्क पठाई सकिएकोले निर्धारित समयमा उपस्थितिको लागि अपिल समेत गरेका छन् ।
नयाँ कार्य समिति चयनका लागि अधिबेशन धादिङबेसीमा हुने
अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन आगामी असोज २२ गते अर्थात अक्टोबर ८ तारिकका दिन धादिङबेसीमा हुनेछ । विश्वभर छरिएर रहेका धादिङ्गेहरु सहभागी हुने उक्त महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । निर्वाचनको लागि एनआरएनए आईसीसीका उपाध्यक्ष रामशरण सिंखडाको संयोजकत्वमा निर्वाचन समिति र एनआरएनए अभियन्ता लोकप्रसाद दाहाल, एनआरएनए आइसिसी सचिव मनोज गोर्खाली र अन्तर्राष्ट्रिय धादिङ समाजका निवर्तमान अध्यक्ष नानुकाजी अर्याल रहेको सुपरिवेक्षण कमिटी समेत बनिसकेको अध्यक्ष खकुराले बताए ।
२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थसमिति गठन गरेको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ अससोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो उक्त अधिबेशनबाट अध्यक्षमा पुन: नानुकाजी श्रेष्ठ चयन भएका थिए, भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा राजन खकुराल चयन भएका थिए ।