धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको विधान अधिवेशन यही सेप्टेम्बर २२ तारिख, शनिबारको दिन नेपाली समय अनुसार दिउँसोको ठिक ३ बजेबाट हुँदैछ ।
विधान संशोधनको संयोजकमा डा. प्रताप छत्कुली र सचिवमा प्रकाश धमला छन् भने सदस्यहरूमा प्रो.डा. पदम सिम्खडा, भवानी तिवारी, चन्द्र प्रसाद सापकोटा रहेका छन् । जुम मार्फत हुने उक्त विधान संशोधन अधिवेशनको संयोजक समाजका प्रवक्ता विशेष लोहनीले संयोजन गर्दै छन् ।
संस्थाका अध्यक्ष राजन खकुरालले राष्ट्रिय समन्वय परिषदका अध्यक्ष हरु तथा सम्पूर्ण साधारण सदस्यहरूलाई विधान संशोधन अधिवेशनमा सहभागी हुन अपिल समेत गरेका छन् ।
नयाँ कार्य समिति चयनका लागि अधिबेशन धादिङबेसीमा हुने
अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन आगामी असोज २२ गते अर्थात अक्टोबर ८ तारिकका दिन धादिङबेसीमा हुने छ । विश्वभर छरिएर रहेका धादिङ्गेहरु सहभागी हुने उक्त महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । निर्वाचनको लागि एनआरएन आईसीसीका उपाध्यक्ष रामशरण सिंखडाको संयोजकत्वमा निर्वाचन समिति र एनआरएनए अभियन्ता लोकप्रसाद दाहाल एनआरएनए आइसिसी सचिव मनोज गोर्खाली र अन्तर्राष्ट्रिय धादिङ समाजका निवर्तमान अध्यक्ष नानुकाजी अर्याल रहेको सुपरिवेक्षण कमिटी समेत बनी सकेको अध्यक्ष खकुराले बताए ।
२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थसमिति बनेको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ अससोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो उक्त अधिबेशनबाट अध्यक्षमा पुन: नानुकाजी श्रेष्ठ चयन भएका थिए, भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएका थिए ।