धादिङ समाज अमेरिकाले जुलाई २१ मा वनभोज गर्दै

Avatar photo
Dhadingpost
बुधबार, साउन २, २०८१

धादिङ । अमेरिकामा ३ हजारको हाराहारीमा धादिङगेहरु रहेको अनुमान गरिएको छ । तथापी धादिङ नेपाली समाज अमेरिकामा हाल आजिवन सदस्यत ९१ जना र साधारण सदस्यत ३९५ जना छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि समाजले यहि जुलाई २१ का दिन वनभोज तथा बीबीक्यू कार्यक्रम गर्ने भएको छ ।

२०२४ अप्रिल २१ मा सम्पन्न यस समाजको तेस्रो अधिवेशनबाट अध्यक्षमा टकबहादुर रुवाली अध्यक्ष बनेका छन् । निवर्तमान अध्यक्ष रामेश्वर बुर्लाकोटी सल्लाहाकार छन् । सबैको साथ र सहयोगमा धादिङगेहरुको एकतामा थप हौसलाका लागि वनभोज कार्यक्रमको आयोजना गरिएको महासचिवमा राम मल्ल ठकुरीले धादिङपोष्टलाई बताए ।

हामी जिल्लाबासी अमेरिकामा एकै परिवार हौं । सबै परिवार एकै ठाउँमा भेला हुने, अन्तरक्रिया तथा मनोरन्जन, संस्थाको गतिविधि र भावि कार्यक्रमका विषयमा समेत सबैको राय लिन सकिने यस कार्यक्रम महत्वपूर्ण रहेकोको अमेरिकामा रहेका सम्पूर्ण धादिङबासीहरुलाई अनुरोध गरिको उनी बताउँछन् ।

धादिङ नेपाली समाज अमेरिका जिल्लामा स्वास्थ्य, शिक्षा, विकास निमार्णको क्षेत्रमा र असाह्यगरिवहरुलाई नियमित रुपमा सहयोग गर्दै आई रहेको छ ।