धादिङ नेपाली समाज अमेरिकाको सल्लाहकारमा ८ जना मनोनित

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २३, २०८१

धादिङ । धादिङ नेपाली समाज अमेरिका सल्लाहकारमा ८ जना मनोनित भएका छन् । गत महिना सम्पन्न तेस्रो अधिवशेनबाट निर्वाचित समितिले ८ जना सल्लाहकार मनोनित गरेको हो ।

महासचिवमा राम मल्ल ठकुरीका अनुसार सल्लाहकारमा मनोनित हुनेहरुमा निवर्तमान अध्यक्ष रामेश्वर बुर्लाकोटी त्रिपुरासुन्दरी, पूर्व अध्यक्ष दिवाकर पान्डे त्रिपुरासुन्दरी, कुमार घले गंगाजमुना, बिकास कंडेल बेनीघाट रोराङ, नबराज के. सी. गंगाजमुना, हरिराम बुर्लाकोटी त्रिपुरासुन्दरी, सहदेव खडका धुनीबेसी र कानूनी सल्लाहकारमा रस्मी भट्ट थाक्रे रहेका छन् ।

सल्लाहकारमा नियुक्त दिवाकर पाण्डे एनआरएनए अमेरिकाको सह-कोषाध्यक्ष र अन्तराष्ट्रिय धादिङ समाजको समेत सल्लाहकार हुन् । नवराज के. सी. पनि अन्तराष्ट्रिय धादिङ समाजको सल्लाहकार हुन् । धादिङको सामाजिक क्षेत्रमा योगदान गर्दै आईरहेको यस समाजको आजिवन सदस्यत ९१ जना र साधारण सदस्यत ३९५ जना रहेपनि अमेरिकामा ३ हजारको हाराहारीमा धादिङ्गेहरु रहेको बताईन्छ ।

गत महिना सम्पन्न समाजको अधिवेशनबाट त्रिपुरासुन्दरीका टकबहादुर रुवाली अध्यक्षमा निर्वाचित थिए, भने वरिष्ठ उपाध्यक्षमा गंगाजमुनाका हिमाल (सागर) अधिकारी, उपाध्यक्षमा गणेश लम्साल, महासचिवमा राम मल्ल ठकुरी, सचिवमा निरज अमात्य, कोषाध्यक्षमा बलराम श्रेष्ठ, सह-कोषध्यक्षमा हरी गिरी चयन भएका थिए ।