एड्भान्सका विकास र एन्जिल एसईईमा जिल्ला दोस्रो

Avatar photo
Dhadingpost
बिहिबार, असार १४, २०८१

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको न्यू किबोकी शिल्पा श्रेष्ठ, ४ जिपीए सहित जिल्ला प्रथम हुँदा सदरमुकाममै रहेको एड्भान्स एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी एन्जिल बसौला र विकास लम्साल समान ३.९६ जिपीए ल्याउँदै जिल्ला द्वितिय भएका छन् ।

एड्भान्स एकेडेमीले २०६६ वाट एसएलसीमा विद्यार्थी सहभागी गराउन थाले देखि प्रतिशत विद्यार्थीहरु उतिर्ण गराउँदै आएको छ । प्रिन्सिपल भिमबहादु श्रेष्ठका अनुसार २०६९ सालमा सन्दिप घले जिल्ला तृतिय, त्यस यता एड्भान्सका विद्यार्थीहरुले उत्कृष्ट कै सूचीमा नतिजा ल्याएका छन् ।

एसईई २०८० मा धादिङबाट सामुदायिक १४१ र संस्थागत २२ गरी १६३ माविबाट ४ हजार ८९० जना विद्यार्थीहरुले परिक्षा दिएका थिए । जसमा २ हजार ३५६ जना उतिर्ण भएका छन् भने २ हजार ५३४ जना ननग्रेडिङमा परेका छन् । एसईई २०८० मा धादिङबाट सामुदायिक १४१ र संस्थागत २२ गरी १६३ माविबाट ४ हजार ८९० जना विद्यार्थीहरुले परिक्षा दिएका थिए जसमा २ हजार ३५६ जना उतिर्ण भएका छन् भने २ हजार ५३४ जना ननग्रेडिङमा परेका छन् ।

उतिर्ण मध्य टप १२ मा न्यू किबोबाट ३ जना, एड्भान्सबाट २ जना, द राईजिङ भिलेज २ जना, नीलकण्ठ मावि, चिल्ड्रेनपार्क, धुनिवेशी बोर्डिङ, ब्राइटफ्यूचर र शान्ती दिप एकेडेमीबाट १/१ जना परेका छन् ।