धादिङ । धादिङबाट सामुदायिक १४१ र संस्थागत २२ गरी १६३ माविबाट ४ हजार ८९० जना विद्यार्थीहरु २०८० को एसईईमा सहभागी थिए । प्राप्त नतिजा अनुसार धादिङबाट २ हजार ३५६ जना उतिर्ण भएका छन् भने २ हजार ५३४ जना ननग्रेडमा परेका छन् । उत्कृष्ट २ हजार ३५६ मध्य १२ जनाले उत्कृष्ट जिपीए ल्याउन सफल भएका छन् ।
धादिङका टप १२
- शिल्पा श्रेष्ठ, ४ जिपीए, न्यू किवो
- एन्जिल बसौला ३.९६ जिपीए, एड्भान्स एकेडेमी
- विकास लम्साल ३.९६ जिपीए, एड्भान्स एकेडेमी
- अनुष्का अधिकारी ३.९१ जिपीए, नीलकण्ठ मावि
- गृष्मा दाहाल ३.९१ जिपीए, द राईजिङ भिलेज
- कृपा खतिवडा ३.९१ जिपीए, द राईजिङ भिलेज
- सुहाना श्रेष्ठ ३.९१ जिपीए, चिल्ड्रेनपार्क
- दिवस्पती अधिकारी ३.९१ जिपीए, न्यू किवो
- शिव साम्राट अर्याल ३.९१ जिपीए, न्यू किवो
- सोना भण्डारी ३.९१ जिपीए, धुनिवेशी बोर्डिङ
- समृद्धि सिलवाल ३.९१ जिपीए, ब्राइटफ्यूचर
- दिवान गिरी ३.९० जिपीए, शान्ती दिप एकेडेमी
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नतिजा अनुसार कुल विद्यार्थी मध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।