धादिङ । मदन भण्डारी फाउण्डेसन जिल्ला शाखाले आयोजना गरेको जिल्ला स्तरीय अन्तर माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता एड्भान्स एकेडेमीका संगम लम्सालले जितेका छन् । केहि दिन अघि मात्रै सम्पन्न भएको जिल्ला स्तरीय कथा वाचनमा पनि एड्भान्स एकेडेमीमा अध्ययनरत शिरिष तामाङ प्रथम भएका थिए ।
१६ विद्यालयले भाग लिएको यस वक्तृत्वकला प्रतियोगितामा महाविर चुली बोर्डिङ स्कुल नेत्रावती डवजोङकी छात्रा कक्षा ५ मा अध्ययनरत रितु लामिछाने र महालक्ष्मी माध्यमिक विद्यालयकी जेनिन ढकाल द्वितिय, सुनौला भैरवी माविकी छात्रा प्रशंषा श्रेष्ठ तृतिय र जनकल्याण माविमा अध्ययनरत संमृद्धि दाहाल सान्तोना भएका थिए।
विजेतालाई कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमाले केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले प्रथमलाई १५ हजार, द्वितियलाई १० हजार, तृतियलाई ५ हजार र सन्तोनालाई ३ हजार नगद तथा प्रमाण पत्र प्रदान गरेका थिए ।