धादिङ । प्याब्सन धादिङले आयोजना गरेको कक्षा १ देखि ५ का विद्यार्थीले भाग लिन पाउने नेपाली कथा वाचन प्रतियोगिताम नीलकण्ठ ३ पुछारबजारमा रहेको एड्भान्स एकेडेमी प्रथम भएको छ ।
पाविल इङ्लिस मिडियम स्कूल, गजुरी–६, आदमघाटमा भएको उक्त प्रतियोगितामा छात्रातर्फ कक्षा ५ की रचना जमकटेलले द्धितीय र छात्रतर्फ कक्षा ५ को शिरिष तामाङले प्रथम स्थान हाँसिल गरे संगै एड्भान्स एकेडेमी प्रथम भएको हो ।
यस्तै द्धितीय स्थान भने छात्रातर्फ प्रथम र छात्रतर्फ द्धितीय स्थानसंगै आधारशिला पाठशाला, धादिङबेसीले प्राप्त गरेको छ । त्यसैगरी छात्रातर्फ तृतीय स्थान हाँसिल गरी मुनाल एकेडेमी विद्यालय तृतीय भएको छ र छात्रतर्फ सान्त्वना हुँदै सक्सेस एकेडेमी विद्यालयतर्फ पनि सान्त्वना भएको छ । सहभागी विद्यार्थीहरुमध्ये ब्राइट फ्युचरका छात्रा तृतीय र चिल्ड्रेनपार्ककी छात्रा सान्त्वना हुन सफल भएका छन् ।
बिद्यार्थीहरुले वाचन गरेका कथाहरुको मूल्याङ्कनकर्ताको रुपमा डा.नवीनबन्धु पहाडी र लोकनाथ रिजालले भूमिका निर्वाह गरेका थिए । सम्बोधन(५), शब्द चयन तथा वाक्य संरचना(२५), शीर्षक, विषय सम्बद्धता(१५), अभिनयात्मकता(१५), निर्भिकता र स्पष्टोच्चारण(२५) र मौलिक प्रस्तुती(१५) गरी जम्मा १०० पूर्णाड्ढमा मापन गरी नतिजा प्रकाशन गरिएको थियो ।