धादिङमा २८ जना विद्यालय नर्स थपिए

Avatar photo
Dhadingpost
बिहिबार, असार ७, २०८१

धादिङ । बागमती प्रदेशको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अनुसार धादिङमा थप २८ वटा विद्यालयले विद्यालय नर्स पाएका छन् । स्वास्थ्य निर्देशनालयल परिक्षा मार्फ विद्यालय नर्स छनोट गर्दा धादिङले २८ जना पाएको हो । यो सँगै धादिङमा विद्यालय नर्सको संख्या ७६ पुगेको छ ।

प्रदेशले ४५७ जना विद्यालय नर्सको लागि सूचना जारी गरेको थियो जसमा १८२३ जनाले बैशाख २२ गतेको लिखित परिक्षामा सहभागि थिए भने ०८१ जेष्ठ १८ गते भएको अन्तर्वातामा १५२३ जना सहभागी थिए । जस मध्य ३७९ जना छनोट भएका छन् ।

धादिङमा पछिल्लो पटक थप भएका विद्यालय नर्सको सूची

  • पुनम तामाङ, रिगाँउ मावि, गंगाजमुना
  • नम्रता अधिकारी मण्डली मावि, गंगाजमुना
  • सुष्मा महतारा, पासाङ चोक मावि, गंगाजमुना
  • संगिता चेपाङ, गजुरी पिडा मावि, गजुरी
  • जइन्ता थापा, किरान्चोक मावि, गजुरी
  • अम्बिका कुमारी शर्मा त्रिपुरासुन्दरी मावि, ज्वालामुखी
  • सिमा महतो दुवाडी बराहकालिका मावि, ज्वालामुखी
  • विस्ना बोहरा, शमीभन्ज्यांङ मावि, ज्वालामुखी
  • प्रियंका रसाईली, सुनखानी मावि, ज्वालामुखी
  • जेनी विष्ट संस्कृत तथा साधारण मावि, ज्वालामुखी
  • मञ्जु बस्याल रानीपौवा मावि, त्रिपुरासुन्दरी
  • शोभा इसर सल्यानकोट मावि, त्रिपुरासुन्दरी
  • निरुता थापा महाकाली मावि, थाक्रे
  • नम्रता गोदार थापा लिति माहाकाल मावि, थाक्रे
  • निका कुमारी चौधरी महाँकालेश्वरी मावि, थाक्रे
  • सीता तामाड महेन्द्रोदय मावि, धुनिबेसी
  • श्रीजना राई महेशधर्म मावि, धुनिबेसी
  • प्रनिशा शाक्य शंखादेवी मावि, नीलकण्ठ
  • कुमार चौहान पशुपती मावि, नीलकण्ठ
  • रुपा परिवार पन्चकन्या मावि, नीलकण्ठ
  • पुजा उप्रेती साङ्कोष मावि,नीलकण्ठ
  • सुमित्रा उपाध्याय सरस्वती मावि, नीलकण्ठ
  • कल्पना बोहरा भैरवी मावि, नीलकण्ठ
  • प्रतिज्ञा नेपाली, बागेश्वरी मावि, बेनीघाट रोराङ
  • सर्मिला तामाड, लापा मावि, रुबी भ्याली
  • मुना खतिवडा सत्यवति मावि, सिद्धलेक
  • विद्या लक्ष्मी श्रेष्ठ अमरआदर्श मावि, सिद्धलेक
  • रेजिना सुवेदी महाकाली मावि, सिद्धलेक

बागमती प्रदेश सरकार (साविक ३ नम्बर) प्रदेशले ०७५ साल देखिनै विद्यालयमा बालबालिकालाई पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अगाडी बढाएको थियो । जसस अनुरुप धादिङका १४१ सरकारी माध्यामिक विद्यालय मध्य ४८ वटाले नर्स पाएका थिए । अहिले विद्यालय मर्ज भए सँगै धादिङमा १२८ सामुदायीक विद्यालय रहेका छन् जस मध्य हाल २८ जना थप भए सँगै धादिङका ७६ वटा विद्यालयले नर्स पाएका छन् ।