धादिङ । चालु आर्थिक वर्षमा धादिङका ८ पार्कमा ३ करोड ६४ लाख खर्च गरेको बागमती प्रदेश सरकारले आगामी वर्ष २०८१–८२ मा धादिङका १३ पार्कलाई १ करोड ७९ लाख वजेट विनियोजन गरेको छ ।
बेनीघाट रोराङ स्थित पार्क ०७६ सालमा शिलान्यास भएदेखि हरेक वर्ष प्रदेश सरकारले वजेट विनिषेजन गरिरहेको छ । आगामी वर्षका लागि भने यो पार्कले ५० लाख मात्रै वजेट पाउने भएको छ । बेनिघाट रोराङ गाउँपालिका १० खिर्राघारीमा ३५ करोड लगानी यस्तो बन्दै छ यो पार्क थप जनकारीको लागि यो लिङ्कमा क्लिक गर्नु होला ।
आगामी आर्थिक वर्षका लागि प्रदेशले वजेट विनियोजन गरेको १३ पार्कहरु निम्न छन् ।
- मजदुर सहिद स्मृति पार्क बेनीघाट रोराङ १० लाई ५० लाख
- अमरसिंह पार्क त्रिपुरासुन्दरी ३ लाई १८ लाख
- सहिद स्मृति पार्क नीलकण्ठ २ लाई १४ लाख
- खर्के डाँडा पार्क धुनीबेसी नगरपालिकालाई १२ लाख
- नीलकण्ठ पार्क नीलकण्ठ १२ लाई १० लाख
- मुकुन्द सेन स्मृति पार्क नीलकण्ठ ६ लाई १० लाख
- झण्डा चुली पार्क थाक्रे ३ लाई १० लाख
- सिउरेनी पार्क त्रिपुरासुन्दरीलाई १० लाख
- स्याङ्चो डाँडा पार्क रुवी भ्याली ५ लाई १० लाख
- घुमाउने डाँडा सहिद पार्क नीलकण्ठ ५ लाई १० लाख
- हिरक पार्क नेत्रावती डवजोङलाई १० लाख
- वैकुण्ठ निश्चल पार्क धुनीबेसी ८ लाई ८ लाख
- सहिद तथा वेपत्ता स्मृति पार्क धुनीबेसी पार्कलाई ७ लाख
चालु आर्थिक वर्षमा प्रदेशबाट धादिङका कुन पार्कलाई कति वजेट विनियोजन गरिएको थियो ?
मजदुर शहीद स्मृति पार्क बेनीघाट रोराङ –२ करोड ५० लाख, भानु पार्क, नीलकण्ठ –५० लाख, नीलकण्ठ १२ को नीलकण्ठ पार्क –२० लाख, धुनीबेसी ५ को बद्रीटार पार्क –१० लाख, त्रिपुरासुन्दरी ७ को सिउरीनी पार्क –१० लाख, नीलकण्ठ २ को सहिद स्मृति पार्क –८ लाख, गल्छी ८ को रानीमाला पार्क –८ लाख, नीलकण्ठ ९ को महादेवथान मन्दिर पार्क –८ लाख