धादिङ बेनिघाट रोराङमा सहिद पार्क शिलान्यास

Avatar photo
Dhadingpost
आइतवार, अशोज १२, २०७६

धादिङ असोज १२ । धादिङको बेनिघाट रोराङ गाउँपालिका १० खिर्राघारीमा ३५ करोड लगानीमा श्रमिक सहिद वेपत्ता स्मृति प्रतिष्ठले बनाउन लागेको सहिद पार्क भित्र बन्ने भवनको शिलान्यास भएको छ ।

हुँदिखोला चोकबाट ३ किलोमिटर रमणिय प्राकिृतिक सुन्दरता पार गरे पछि पुगिने खिर्राघारीको ५० रोपनी जग्गामा बन्ने सहिद पार्कको भवन शिलान्यास प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले गरेका हुन् ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नुवाकोटको १ करोड लागतमा बन्न लागेको सहिदपार्क भित्रको उक्त भवन शिलान्यास गर्दै मन्त्री जमकट्टलले गत आर्थिक वर्षमा विनियोजित १ करोड रकम फ्रिज हुनु दुःखद भएको बताउँदै उक्त १ करोड सहित यो वर्ष २ करोडको काम सहिद पार्क निमार्णको लागि खर्च गरिने बताएका थिए ।

क्रमागतमा काम हुँदै जाने बताउँदै जमकट्टेलले भौगोलिक संरचना जस्तो छ त्यहि अनुसार बाहिरी संरचना बनाउन श्रमिक सहिद वेपत्ता स्मृति प्रतिष्ठका अध्यक्ष मणिराज गुरुङलाई आव्हान गरेका थिए ।

गाउँपालिका प्रमुख हरि डल्लाकोटी, नेकपा नेता विवेक थपलिया, वर्डा अध्यक्ष अमर बहादुर गुरुङ, भवन निमार्ण कार्यालय नुवाकोटका प्रमुख गणेशबहादुर महर्जन लगायतको आतिथ्यता रहेको थियो ।

यस्तो बन्दै छ, खिर्राघारीमा सहिदपार्क