धादिङ । बागमती प्रदेश सरकारले यस आर्थिक वर्ष खर्च गर्ने गरि धादिङका विभिन्न आठ वटा पार्कहरुलाई ३ करोड ६४ लाख रुपैँया विनियोजन गरेको छ ।
प्रदेशले आठ वटा पार्क मध्य सबै भन्दा धेरै बेनीघाट रोराङमा निर्माणाधिन अवस्थामा रहेको मजदुर सहिद स्मृति पार्कमा बन्ने भौतिक पूर्वाधारको लागि २ करोड ५० लाख पर्यटन विकास आयोजन ईकाई मार्फत विनियोजन गरेको छ भने, सहरी विकास कार्यक्रम नुवाकोट मार्फत नीलकण्ठ ३ स्थित भानुपार्कको लागि ५० लाख विनियोजन गरेको छ ।
धादिङका आठ पार्क र विनियोजित बजेट
- मजदुर शहीद स्मृति पार्क बेनीघाट रोराङ –२ करोड ५० लाख
- भानु पार्क, नीलकण्ठ –५० लाख
- नीलकण्ठ १२ को नीलकण्ठ पार्क –२० लाख
- धुनीबेसी ५ को बद्रीटार पार्क –१० लाख
- त्रिपुरासुन्दरी ७ को सिउरीनी पार्क –१० लाख
- नीलकण्ठ २ को सहिद स्मृति पार्क –८ लाख
- गल्छी ८ को रानीमाला पार्क –८ लाख
- नीलकण्ठ ९ को महादेवथान मन्दिर पार्क –८ लाख
फाईल तस्वीर: बेनीघाट रोराङ स्थित निमार्णाधिन मजदुर सहिद स्मृति पार्क