धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बागमती प्रदेश स्तरीय खुल्ला कविता प्रतियोगितामा धादिङका विजय तामाङको कविता प्रथम भएको छ ।
प्रतियोगितामा नुवाकोटका उत्तम राज भेटुवाल द्वितीय, नुवाकोटकौ प्रदिप कोइराला तृतीय, सिन्धुलीका रुपक घलान र ललितपुरका अजय रिसाल सान्त्वना भएका छन् । विजयीहरुलाई मंगलबार एक विशेष समारोहका बीच नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले नगद सहित सम्मान गरेका थिए । प्रथमले २० हजार, द्वितियले १५ हजार, तृतियले १० हजार र सान्तोना दुई जनाले ५–५ हजार पाएका छन् ।
धादिङका विजय तामाङ यस अघि आदर्श बहुमुखी क्याम्पस, गजुरीले २०७६ असार २२ गते आयोजना गरेको कविता प्रतियोगितामा र २०७८ मंसिर १८ गते राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा समेत प्रथम भएका थिए ।