धादिङबाट यु १३ का ३ खेलाडी एन्फा एकेडेमीमा छनौट

Avatar photo
नारायण सिलवाल
मङ्लबार, बैशाख १८, २०८१

धादिङ । जिल्ला, प्रदेश हुँदै केन्द्रिय छनोटमा धादिङबाट यु १३ का ९ जना सहभागी मध्ये ३ जना एन्फा एकेडेमीमा छनौट हुन सफल भएका छन् ।

एन्फा धाङिका महासचिव रामहरि थापाका अनुसार केन्द्रिय छनोट प्रतियोगिता पार गरि एकेडेमीका लागि धादिङबाट अनिश गुरुङ, अनुराग चौलागाई र सम्राट भण्डारी छनोट भएका हुन् ।

केन्द्रिय छनोटका लागि भएको जिल्ला छनोटमा जिल्लाबाट यी तीन जना सहित प्रदेशका लागि ४० जना छोटमा परेका थिए । प्रदेश छनोट प्रतियोगितामा पनि यी तीन सहित ९ जना छात्र छात्रा सछनोट भएका थिए तर केन्द्रिय छनोट प्रतियोगितामा भने छात्राहरु छनोटमा पर्न सकेनन् ।

एन्फाले एकेडेमीका लागि देशभरबाट छात्रा तर्फ २५ जना, छात्रा तर्फ ७५ जना छनोट गरेको छ । उनीहरुलाई एकेडेमीमा छात्राबासको सविधा सहित पढाउने छ भने, फुटबल सिकाउने छ ।