धादिङका यू-१३ का ९ खेलाडी बागमती प्रदेशबाट छनोट

Avatar photo
नारायण सिलवाल
आइतवार, बैशाख २, २०८१

धादिङ । धादिङ जिल्ला फुटबल संघले एन्फा एकेडेमीका लागि धादिङबाट ४० जना यू-१३ का छात्र/छात्रा फुटबल खेलाडी छनोट गरी पठाएको मध्य ९ जना बागमती प्रदेशबाट केन्द्रिय स्तरको छनोटमा पर्न सफल भएका छन् ।

एन्फा धादिङका महासचिव रामहरि थापाले जनाए अनुसार बागमती प्रदेशबाट केन्द्रिय छनोट प्रतियोगिताका लागि छनोट भएका धादिङका ९ जना खेलाडीहरुमा आशिष गुरुङ, शुशिल तामाङ, सम्राट भण्डारी, सन्देश तामाङ, अनमोल तामाङ, सिमा घले, मोहन लामा, संगम गुरुङ र सोनाम तामाङ रहेका छन् ।

अन्तिम चरणको केन्द्रिय छनोट छात्रको बैशाख ५ देखि ८ गते सम्म र छात्राको ९ र १० गते हुने तालिका छ । केन्द्रको छनोटमा परेका खेलाडीहरुलाई एन्फाले एकेडेमीमा राख्ने छ ।