अरुले के गर्छ भन्दा, मैले के गर्ने त्यो सोचौं

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ७, २०८१

जीवन एउटा शिल्पको कशीमा निफन्न राखिएको चामल जस्तै हो। यसको रूपान्तरण कसरी गर्ने कर्तामा निर्भर हुन्छ । म कस्तो कर्ता हुँ भन्ने पनि एकचोटि समीक्षा गरौं । अहिले नेपाली समाज कतातिर धकेलिँदैछ । यहाँ अझै पनि पुरानै प्रविधि हावी देखिन्छ । समाजमा आर्थिक शोषण, गरिबहरू झन् दिन प्रतिदिन शसक्त हुँदै गइरहेको छ । धर्म जातिको नाममा सामाजिक अराजकता दिन प्रतिदिन उग्ररूप लिदै गइरहेको छ ।

असमानता छ्यापछ्यापी देख्न सक्छौं भने घुस लिने प्रवृत्तिले समाजलाई तरङगीत बनाएको छ । बेरोजगारीले उत्प्रवासीकरणलाई प्रशय दिदै छन् युवाहरु देशबाट रित्तिदैछन् । देशको राजनीतिक अस्थिरतानै मुल र माउ कारण साबित भएको छ । हामीले देख्न सक्छौं जुनै पनि क्षेत्रमा चरम नातावाद हावी छ। परिवर्तनको नाममा देशमा थुप्रै आन्दोलन जनविद्रोह त भयो कतिले ज्यान गुमाए कति घाइते कति त अझै विकलिकृत भएर बसिरहेको छ यसले थुप्रै व्यवस्थाहरू पनि ल्यायो तर देश र जनताको अवस्था भने फेर्न सकेन ।

देख्न सकिन्छ गाउँ न त शहर हुन सकेको छ न त गाउँको कुनै मौलिकता न झल्किन्छ । अहिलेको समाजमा सामाजिक चेतना नहुनु पनि यसको मूल कारण हो । हामीले अनेकौं उपकरणहरू प्रविधिहरू त भित्र्यायौ तर त्यसको सही सदुपयोग गर्न नसकेको जस्तो लाग्छ कतै न कतै हामी पनि चुकिरहेको छौँ कि समग्रमा भन्नुपर्दा हामी समस्या मात्रै देख्छौं समस्याको समाधान कसरी गर्ने भन्नेतिर ध्यान दिँदैनौँ । यो यथावत समस्याहरूको समाधानको लागि हामी माझ कुनै परमेश्वर कुनै अल्ला कुनै भगवान आएर जादुको छडी घुमाएर सबै परिवर्तन गरिदिने होइन ?

त्यो सबै कुराहरू मबाट सुरु गरौँ । त्यसैले म आफै राम्रो हुन्छु अठोट राख्नु अरुले के गर्छ भन्दा पनि मैले के गर्ने हो भन्ने विषयमा सकारात्मक हुन सिकौं अरुको आलोचना गर्नुभन्दा त्यसको विषयगत कुराको प्रश्न गर्न सिकौं कि त्यसको समाधान । मलाई लाग्छ हरेकको जीवनमा अनुशासनले धेरै नै ठूलो महत्वपूर्ण भूमिका खेल्छ । हरेकको जीवनमा विद्या धनले अर्थ राख्छ तर अनुशासन बिना यो कुनै पनि दिगो हुन्न त्यसैले अनुशासनमा चल्न सके जीवन सहज हुन्छ ।

सबैको जीवनमा गाँस बास कपासको जति पनि महत्वपूर्ण भूमिका हुन्छ त्यसरी नै साथीभाइको भूमिका पनि त्यति नै हुन्छ । त्यसैले हामी माझ सकारात्मक सोच राख्ने साथीभाइ भयो भने केही न केही नयाँ कुराहरू सिक्न सक्छौँ । जीवनको अर्को एउटा अर्थ नै संघर्ष हो । संघर्ष र धैर्य बिना जीवन अपुरो छ । जीवनमा सबैको आ-आफ्नो भोगाई बुझाई होला । तर मैले देखेको जीवन हरेक दिन महत्वपूर्ण छ ।

यसको सही सदुपयोग गर्नुहोस् । परिवर्तन भन्ने बित्तिकै हामीले आफ्नो जीवनमा उलटपुलट केही गर्नुपर्छ भन्ने छैन । बरु आफैमा परिवर्तन ल्याएर एउटा असल छोरा, एउटा असल भाई, एउटा असल दिदी, असल साथी समग्रमा भन्नुपर्दा एउटा असल नागरिक बन्नुहोस् त्यसले नै परिवर्तन लिएर आउँछ । अरुसँग प्रतिस्पर्धा गर्नुभन्दा हिजोको म भन्दा भोलिको मलाई राम्रो बनाउने अठोट गर्नुस् । धन्यावद