उप निर्वाचनः दुबै क्षेत्रमा एमालेको जित

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १८, २०८१

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन पछि वैशाख १५ गते भएको उपनिर्वाचनमा दुबै क्षेत्रमा नेकपा एमालेले जित आफ्नो पक्षमा पर्न सफल भएको छ । इलाम २ मा माओवादीको साथ पाएको एमालेले बझाङ प्रदेशसभा १ मा एकल जित निकालेको हो ।

इलाम २ मा मंगलबार बिहान सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतका साथ विजयी भए भने बझाङ प्रदेशसभा १ मा पनि एमालेकै उम्मेदवार दमन बहादुर भण्डारी ११ हजार ६१३ मतका साथ विजयी भए ।

यी दुबै क्षेत्रमा एमालेको प्रतिद्वदीको रुपमा नेपाली कांग्रेस रहेको थियो ।