धादिङमा ०७६ पुस १५ पछिका प्रावि करार शिक्षकको जागिर गयो

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २१, २०८०

धादिङ । धादिङमा ०७६ पुस १५ गते पछि विभिन्न प्राथमिक विद्यालयहरुमा नियुक्त भएका १३२ शिक्षक मध्य ९७ जना प्रावि शिक्षकहरुको जागिर गएको छ ।

शिक्षक सेवा आयोगले परिक्षा मार्फत धादिङमा १३२ जना शिक्षकलाई प्राथमिक तह तृतीय श्रेणीमा स्थायी गर्दै धादिङ पोष्टिङ गरे सँगै ९७ जना शिक्षकको जागिर गएको हो ।

धादिङ १९ जनाको पद रिक्त थियो भने ३५ जना करारमा पढाई रहेका शिक्षकहरुले नै प्राथमिक तह तृतीय श्रेणीको परिक्षा पास गर्दै स्थायी भए सँगै अन्य ९७ जनाको जागिर गएको हो ।

गत वर्ष धादिङमा प्रावि तर्फ १७० जना स्थायी हुँदा १०५ जना करार सेवाका शिक्षकको जागिर गएको थियो ।