धादिङमा १०५ जना करार शिक्षकको जागिर गयो

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २०, २०७९

धादिङ । धादिङमा विभिन्न प्राथमिक विद्यालयहरुमा कार्यरत १०५ जना करार सेवामा रहेका शिक्षकहरुको जागिर जाने पक्का भएको जिल्ला शिक्षा समन्वय ईकाई धादिङले जनाएको छ ।

हाल जिल्लामा ३५० जना करार शिक्षकहरु प्राथमिक विद्यालयहरुमा सेवारत थिए । हामीले जिल्लाका लागि २२५ जना स्थायी शिक्षकको माग गरेका थियौं तर धादिङले १७० जना शिक्षक मात्रै पायो । आएका सबै शिक्षकहरुलाई हामी २२ गते भित्र सबै नियुक्ती दिईसक्छौ जिल्ला शिक्षा समन्वय ईकाईका कृष्णकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।

करारमा रहेका २८ जनाले स्थायीमा नाम निकालेर पोष्टिङ हुँदै छन्, त्यो खाली समेत गरि ६५ जना रिक्त छ भने अन्य १०५ करार शिक्षकको जागिर जाने श्रेष्ठले बताए ।