एक्लो हुनु र टुहुरो हुनु फरक कुरा रैछ

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १५, २०८०

अस्ती कैले हो कुन्नी गाउँबाट एक जना आफ्न्ती दाजुले फोन गर्नु भो तपाई जसरी गाउँ आउनुस भनेर । सायद यहि चैत्र ६-७ गते हुनपर्छ । मेरो आमाज्युको असामयीक निधन भएको २ साल गुजरिदै छ यस बीचमा मलाई गाउँबाट फोन गरेर जसरी पनी गाउँ आउनु भनेर मलाई कसैले सम्झेको छैन । बा आमा नहुनुको पिडा वास्तवमै लेखि साध्य छैन ।

अलि हप्ता पैले हो लाजिमपाटबाट फर्किदै थिएँ होटल एमबेसडर यु टर्न मारेर लण्डन क्याफे अगाडी बाइक रोके आमा सम्झेर आफ्नो अवस्था देखेर धरक्क रोएँ । मन मनै मिस्यु आमा भने फेरी आफ्नो दैनीकीमा हिडें । बा आमा बित्नु भय पछि वस्तबमै म टुहुरो छु । मेरो घरको कान्छी दिदी र मेरो अक्कल झुक्कल सम्वाद बाहेक अरुकाे मलाई सन्चै छौ , के छ परिवारको अवस्था भनेर मलाइ खास कसैको कल आउँदैन ।

अभिभावकत्वमा कैले काहि मामाले फोन गर्नु हुन्थ्यो केही गाह्रो सारो परे मलाइ भन्नु भानिज भन्नुहुन्थ्यो । दुर्भाग्य यही २०८० सालको दशैंमा अचानक मामा ज्युको निधन पछि म बिल्कुल एक्लो छु । मलाइ अहिले गह्रो सारो परेको छ मेरो अभिभाकको साक्षी राखेर मैले केही गुनासो सुनाउने ब्यत्ती वा ठाउँछैन । त्यो आतेश हतास यो एक्लो पन एक्लै एक्लै भय पछि म जहाँ बस्छु त्यहाँबाट धादिङ तिर घर छ भनेर सम्झन मन लाग्दैन बिरानो लाग्छ झन एक्लो लाग्छ झन बेस्करी मन अमिलो हुन्छ अनी अतालिन्छु बिरक्तिन्छु रुन्छु मन हलुका पार्नलाई ।

गाउँ आइज भनेसी गएँपनि। मलेखु हुँदै पारी घर पुगे बाटो अगाडी एउटा कङक्रिटले बनेको घर छ सबै को कोठा बन्द छ एउटा सटर राख्न मिल्ने गरी खाली खुल्ला छ आँगनमा बाइक रोके बा भनेर बोलाउन बा छैन आमा भनेर बोलाउन आमा छैनन । दाई भाउजु भनेर बोलाउन दाई भाउजु पनि शहर तिरै हुनुहुन्छ । अनि बेकार गाउँ जान घरको आँगनीमा ठिङ एक्लो जोगी झै उभिन मन लाउन घरत पुगे ।

आमाको १३ दिनको पुण्य तिथीमा घरको आँगनीमा कपुर रोपेको छौ कपुरमा पनि हाल्दिए आँगन भरी दाउरा रैछ सायद कान्छो भतिजोको हुनपर्छ कान्छो भतिजोको श्रीमती शोभा बुहारीलाई बोलाए खाना खानुस भने दाल भात अचार खाएँ जहाँ मेरो आमाको असामयकी निधन पछि मलाई खानाको बन्दोबस्त गरी दिने तिनै भतिज बुहारी हुन । मेरो आमा कतै हुनुहुन्छ भने केही कतै महसुस गरी रहनु भएको छ भने तिनी भतीज बुहारीलाई आशिष दिनुस है । त्यो गाउँमा मेरो तिनी २ बाहेक कोहि छ केहि छ झै लाग्दैन मलाई । ४ घर माथी ठुलबा ठुल आमालाई भेट्न गय ठुल्बा अलिक हिस्ट पुस्टनै देखे आमा अलिक ढल्नु भएछ कसैले तातोपनी ततायर नुहाई दिन र खुट्टाको नङ पानीमा भिजायर काटी दिनेपनि कोही छैन घर बस्ने एउटा दाई हुनुहुन्छ उहाँलाई आफ्नै नङ काटन फुर्सद हुन्न बाँकी दाइभाईहरु खै कता कता हुन के सरो पैसा प्रेमी भए सबै । मलाई आहा जस्तो लागेन । तिनीहरुले एक दिन बा आमाको सेवा गर्न नपाएकोमा फेसबुक स्टाटस लेख्ने छ्न ।

जुन दाईले बोलाउनु भाको हो उहाँ सँग भेटें गफ गरें केहि कोसेली रैछ झोलामा हाल्दिनु भो २ घण्टा बसाई पछि फेरी काठमाडौं फर्कने निधो गरें आमा सुत्ने कोठा खोले भित्र छिरें आमाको पुण्य तिथीमा आफन्त शुभचिन्तक ज्यूहरुले प्रकट गर्नु भएको शाेक पुस्तिका पढें केही श्रध्दाञ्जली लेखिएको फ्रेम उठाएँ बेस्करी रोएँ आमाको दबाई मुसारे आमा म घर आएपनि भन्न सकिन आमा म फर्किए है भन्न पनि सकिन हो अचेत झै महसुस गर्छु एक्लो हुनु र टुहुरो हुनु २ अलग कुरो रैछ म एक्लो त्यो भन्दा म टुहुरो छु म यो अभाव यो खाडल पुर्न अब यो जीवन यत्तिकै होला ।

कहिले काहि ठुली आमाको छोरो लक्षमण दाई सँग भेट हुन्छ कुरा हुन्छ तर बा आमाको कुरा हुँदैन न की उ म भन्दा पैले धर्ती टुहुरो भाको हो । सायद कमैलाई थाहा छ लक्ष्मण दाई र म बा आमालाई सम्झेर अङ्गालो हालेर रुन्थेउ जहाँ रुन्थेउ हामी तेहि बेहोस हुन्थेउ उस्को पनि मेरो जस्तै हालत छ शहर छेउमा घर भएपनि दुख पर्दा म छु भन्ने अभिभावकता जनाउने कोहि छैन ।

बाको जङगे आदेश सम्झन्छु आमाको धैरेता सम्झन्छु कहिले काहि गाउँ पुग्दा ठुलो आवाजले बोल्दा अरुले सुन्छ भनेर मन मनै बा आमा भने बोलाउछु । शहरको एउटा कुनामा घर हुनु नहुनुले फरक नपर्ने रैछ । कहाँ घुम्दैछ के खादै छ भनेर हलुका बनेको सामजिक सन्जाला पोष्ट गर्नुको पनि अर्थ नहुने रैछ जहाँ जो हुन पर्ने हरु सँगै नभए पछि जिन्दगी अलुनो हुने रैछ । फेरी पनि भन्छु एक्लो हनु र टुहुरो हुनु दुइ अलग कुरा हो ।