आएर खै के भयो ?

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १४, २०८०

केही हुन्छ अब त भनेर खुसीले, रमाएका ती दिन
आयो गाउँमै सरकार भनेर, नाच्नभाथ्यौ एकछिन ।
जिल्ला केन्द्र कहिकतै पनि अब, जान नपर्ने भयो
आयो, गाउँमै सरकार स्थानीय, आएर खै के भयो ?
(१)

ठाउँ मात्र नयाँ हुन गयो यहाँ, गर्रा र ढर्रा उही
नयाँ छैन केहीकाम पुरानै, लय र भयउही ।
साना काम थिए तर पनि अब, पुरै दिन लाग्ने भयो ।
आयो, गाउँमै सरकार स्थानीय, आएर खै के भयो ?
(२)

सेवा छैन मित्रभावले अहिले, उस्तै छ आनीबानी
डुल्यो, घुम्यो, सधै सधैभरी, खाने छ उस्तै बानी ।
भेटहुँदैन मुकाममा धेरै जसो, कत्तिदिन धाउने भयो
आयो गाउँमै सरकार स्थानीय, आएर खै के भयो ?
(३)

हुनै पर्नेपनि छैन काम गतिलो, लेखाउँछन उल्लासमय
गर्छन केही गरेजसो गरी, नजिकका आफ्नाभए ।
थियो आशा भरोसा अति धेरै ती सबै खेरै गयो
आयो गाउँमै सरकार स्थानीय,आएर खै के भयो ?
(४)

तीन्कै डाको ठुलो छ मिडियामा, यस्तो र उस्तो भनी
मैले गरे उथलपुथल विकासका, अति निर्लज्जबनी ।
कस्ता दिन अहो बोलेसी ती कुरा, पत्याउनै पर्ने भयो ।
आयो गाउँमै सरकार स्थानीय, आएर खै के भयो ?
(५)